सोमनाथ घिमिरे, न्युयोर्क, अमेरिका
Nepali Public Relation Committee Ameirca(NPRCA) नेपाली जनसम्पर्क समिति अमेरिका आर्थिक अनियमितता र चरम विवादमा फसेको छ । विगत ६ वर्षदेखि अधिवेशन नगरी नेपालीहरुबाट उठाइएको चन्दा सहयोग (भुकम्प पिडित, बाढी पिडित, साधारण र कृयाशिल शुल्क, दुर्गा मन्दिर, न्युयोर्क-रिजहुड र महामारी) रकम अमेरिकी कानुन अनुसार आई आर एस वाट अडिट गर्नु पर्ने हुन्छ तर नगरेको खुलासा भएको छ।
हालै भएको जुम बैठकमा जनसम्पर्क समितिका एक पुर्व केन्द्रिय सदस्यले खुलेरै हुण्डी र अमेरिकी कानुन छलेर पठाइएको एक लाख ३० हजार डलर कहाँ गयो भनेर सोधेका थिए । त्यतिबेला जनसम्पर्क समिति अधिवेशन तयारी समितिका सभापति गोरख (आनन्द) आनन्द विष्टले बैंकमार्फत नेपाल पठाएको दावी गरेपछि सबैको प्रमाण मागेका थिए । जुम बैठकमा सहभागीहरुले भुकम्पका बेलादेखि हालसम्म उठाइएको पैसा कहाँ गयो ? खोइ हिसाव किताव देखाउनु पर्दैन भनी प्रश्न गरेका थिए । विष्टले उत्तरमा आफुले बैंकमार्फत नै पठाइएको दावी गरे पनि तर कसरी पठाए भन्ने बारे बिस्तृत खुलाउन अकमकाए।
सन् २००७ मा अमेरिकामा नेपाली कांग्रेसको भात्रृ संस्थाको रुपमा Nepali Public Relation Committee America (NPRCA), नेपाली जनसम्पर्क समिति अमेरिका, डालस, टेक्ससमा दर्ता भएको थियो । पार्टीले पनि यसैलाई मान्यता दिएको हो तर, आनन्द विष्ट र बेद खरेल मिलेर सन् २००९ मा न्युयोर्कमा सोही नामको अर्काे संस्था दर्ता गरेका थिए ।
पछि नेपाली कांग्रेसले हस्तक्षेप गरेर सन् २०१४ मा दुबै संस्थालाई एक बनाउन एकताको दोस्रो महाधिवेसन टेक्ससमा गराएको थियो । सो महाधिवेसनका प्रमुख अतिथि एवंम पार्टीका तत्कालिन उपसभापति रामचन्द्र पौडेललाई म स्वयमले फरक मत राख्दै यसो भनेको थिए,”संस्था अमेरिकामा दर्ता छ तर अमेरिकी कानुन अनुसार एक भएकै छैन । पार्टीले टेक्ससमा दर्ता भएको संस्थालाई मान्यता दिएको हुनाले अर्को संस्था न्युयोर्कमा दर्ता भएकोले न्युयोर्क राज्यबाट dissolution of the corporation को पत्र लिएर सबै हिसाबकिताबको अडिट आई आर एस बाट गरेर मात्र अधिवेशन गर्न उचित र दिगो हुन्छ”। अमेरिकामा दर्ता भएको संस्था प्रथमतः यहीको कानुनी प्रवधान/नियमहरु पुरा गर्दै कार्यहरु गर्नुपर्छ र कुनै पनि संस्था यसरी ६ वर्ष सम्म महाधिवेशन (AGM) नगरिकन आफै मपाईं गरेर अघि बढ्नु भनेको यहाँको कानुन विपरित कार्य गरेको ठहर हुन सक्छ।
अब पार्टीले तुरुन्त हस्तक्षेप गर्न जरुरी छ र अमेरिकाको टेक्सस राज्यमा दर्ता भएको र पार्टीले पनि मानेको हुनाले यसैलाई यहाँको कानुन अनुसार सबै प्रक्रिया पुराएर एउटा शुभेच्छुक संस्था भएर पुलको काम गर्दा कुनै झंझट, विवाद या झै झगडानै हुदैन। पार्टीको विधान अनुसार १४औँ महाधिवेशनमा अमेरिका वाट भाग लिनलाई नेपालमा रगत पसिना बगाएका एवंम् त्याग गरेका अग्रज कांग्रेसी बन्धुहरुलाई प्राथमिकताका आधारमा सरसल्लाह गरेर छनोट गर्दा सघंठन मजबुत हुन्छ भन्ने विश्वास छ।
अहिले पुरानो जनसम्पर्क समिति जसलाई पार्टीले मान्यता दिएको तर पार्टी हित विपरीत कार्य गर्दै धज्जी उडाउदै नेपाली जनसम्पर्क समिति नामकै अर्काे संस्था दर्ता गराएका छन। यसो गर्नुको कारण ३३% कर छल्न गरिएको हो भनेर आमन्त्रित केन्द्रिय सदस्य गोरख बिष्ट उर्फ आनन्द बिष्टले जुम मिटिङमै कबुल गरेका छन।
पुरानो संस्थाबाट उठाइएको लगभग एक करोड ३५ लाख रुपैयाँ हुण्डि र गैर कानुनी मार्फत नेपाल पठाएका छन भने न्युजर्सी र न्युयोर्क च्याप्टरले जम्मा ४७ हजार डल्लर नगद बुझाएको पनि खुल्न आएको छ । त्यसको लेखाजोखा नै छैन । पार्टीलाई भनेर पठाइएको सो रकम कसको खातामा गयो भनेर अहिलेसम्म खोजी भएको छैन, जुन पैसा पार्टीको खातामा जम्मा भएको कुनै प्रमाण नै देखिँदैन ।
हाल कर छली गरेको र आइ आर एस मा दर्ता गरेको NPRCA को ट्याक्स आईडी र सदस्यता रसिदमा ट्याक्स आईडी फरक भएको प्रमाण पनि फेला परेको छ। अमेरिकी कानुन अनुसार सदस्यता रसीद आफ्नै सही ठोकेर यसरी गलत ट्याक्स आईडी प्रयोग गरेर शुल्क उठाउनु भनेको फेडेरल क्राईम हो र अझ ५०१ (सि)३ मा दर्ता भएको सस्थांले यसरी कुनै पनि राजनीतिक पार्टीका लागि सदस्यता शुल्क लिन पाईदैन।
अमेरिकाको विभिन्न राज्यहरु लगाएत न्युयोर्क राज्यमा बिसौं बर्ष देखि दर्ता भएका ५०१(सि)३ सस्थांहरु सुचारु रुपले अघि बढी रहेकै छ त एउटै भएर अमेरिकी कानुनकै दायरा भित्र बसेर, कुनै समानान्तर नै छैन। अमेरिकामा तिन वटा जनसम्पर्क चै किन? शंकास्पद छ र यसको अमेरिकी कानुन अनुसार छानबीन हुनु पर्छ।
जुम बैठकमा सहभागीहरुले भुकम्पका बेलादेखि हालसम्म उठाइएको पैसा कहाँ गयो ? खोइ हिसाव किताव देखाउनु पर्दैन भनी प्रश्न गरेका थिए । उनले उत्तरमा आफुले बैंकमार्फत नै पठाइएको दावी गरे पनि तर कसरी पठाए भन्ने वारे वृस्तीत खुलाउन अकमकाए।
अमेरिका एउटा कानुनी राज्य भएकोले, सबै व्यक्तिहरुले न्याय पाउने नै छन भन्ने हामीलाई लागेको छ।
(लेखक घिमिरे गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष पनि हुन् । न्युयोर्कमा बस्ने घिमिरे जनसम्पर्क समितिको स्थापना देखि नै सक्रिय छन् । यहाँ लेखकका नीजि विचार हुन )
प्रतिक्रिया लेख्नुहोस्:-