काठमाडौं । संसदबाट विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्रीबाट पदमुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवास खुमलटार सरेका छन् ।
उनी संसद्बाट विश्वास गुमेपछि राष्ट्रपति कार्यालय शीतलनिवास गएका थिए । त्यहाँबाट उनी सिधैँ खुमलटार लागेका हुन् ।
उनलाई खुमलटारमा स्थानीय संघसंस्थाका प्रतिनिधिले स्वागत गरेको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-