Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई दूरवीन नेपालको प्रश्न: तपाई र गगन थापाबीच पावर शेयरिंगको सहमति भएको हो ?

गगन थापा बन्दै गर्दा मेरो चाँही ढोका बन्द हुने हो र?

असार २९, २०७९ ३:१६ मा प्रकाशित
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई दूरवीन नेपालको प्रश्न: तपाई र गगन थापाबीच पावर शेयरिंगको सहमति भएको हो ?
Share on FacebookShare on Twitter

सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसमा परम्परागत राजनीतिमा हस्तक्षेपसहित तपाईंले महामन्त्री जित्नुभयो। महाधिवेशनमा एजेण्डाको रुपमा अगाडि सारेजस्तै कांग्रेसको सुधार वा रुपान्तरणमा खासै केही गर्न सक्नु भएन नि!

नेपाली कांग्रेस पुरातनबाट आधुनिक बन्ने क्रममा छ। एउटा भइरहेको घरलाई भत्काएर जग खडा गरेर बनाउँदै गर्दा तपाईँले जस्तो चाहानु भएको छ, त्यस्तै संरचना बनाउँन सक्नुहुन्छ। तर, त्यो घर पनिराखिराख्ने अनि केही रुपान्तरण पनि गर्नुपर्दा पुरानो कुरा र नयाँ सुधारको फ्युजन गर्नुपर्ने हुन्छ।
अहिले काग्रेंसको रुपान्तरणको चरणमा हामीले ठ्याक्क भनेजस्तो भइरहेको छ भन्ने होइन्। सँगैसुरुवात नै भइरहेको छैन् भन्ने पनि होइन्।
अहिले जवरजस्त रुपमा नेपाली राजनीतिले रुपमान्तरण खोजिरहेको छ। जेजस्ता विषय आइरहेका छन् त्यसलाई खोज्न बलियो र बदलिएको कांग्रेस चाहिएको छ। मेरो र हाम्रो प्राथमिकता र कार्यदिशा त्यतै अग्रसर छ।

विधानले ६ महिनाभित्र गर्नुपर्ने भनेर निर्दृष्ट गरेको काम पनि गर्नसक्ने हैसियतमा पनि तपाईहरु (महामन्त्रीद्वय) हुनुहुन्न। सभापतिले मान्नु भएन कि, घच्घच्याउन पनि सक्नुभएन?

पार्टी सभापतिलाई कतिपयले जाँदै गरेको पुस्ताको प्रतिनिधि र हामीलाई नयाँ पुस्ताको प्रतिनिधि भने उल्लेख गर्छन। सभापति भनेको सभापति हो। उहाँलाई जाद गरेको पुस्ता भन्ने हुन्न। तर, तर पार्टीको नेतृत्व पुस्ताबाट क्रमश दोस्रो पुस्तातिर आउँदैछ। जबसम्म सभापति पदमा हुनुहुन्छ, त्यतिबेलासम्म उहाँ सभापति नै हुनुहुन्छ। सभापतिसँग एउटा महामन्त्री विश्वप्रकाश शर्माबीच २५ वर्षको फरक छ। अर्का महामन्त्रीसँग ३० वर्षको फरक छ। अलिकति उमेरजन्य कारणले पनि काम गर्छ। यसपटक नेपाली कांग्रेस पार्टी महाधिवेशनपछि २ कुरामा केन्द्रीत भए र पार्टीका काम सोचेअनुसार अगाडि बढ्नमा बाधा आयो कि तत्काल केन्द्रीय समितिको गठनपछि मुलुक एमसिसी परियोजनाबारे घनिभुत छलफलमा थियो। हाम्रो ध्यान र शक्ति त्यतै लाग्यो। कतिपय विषय समयमा सम्पादन गर्न नसकेर थाँती राख्नुपरेको कुरा यर्थाथ हो। यद्यपि लामो समयदेखि अधिवेशन गर्न नसकेका भातृ संगठन विदाई प्रक्रिया, पार्टीको नीति अनुसन्धान प्रतिष्ठान गठन, केही भातृ संगठन नयाँ बनेका छन्। केही खारेज गरिएकालाई पुनःगठन गर्नुपर्नेछ।
आन्तरिक घरेलु विषयका सन्दर्भमा जति सम्पादन हुनुपर्ने त्यो हुन सकेको छैन्। राष्ट्यि राजनीतिका सन्दर्भमा जाँदा घरेलु विषयमा असर नपरोस् भन्ने र घरेलु विषयमा काम गर्दा राष्ट्यि राजनीतिमा असर नपरोस् भन्ने आधारमा सन्तुलन मिलाएर काम हुँदैछ।

काम सहज रुपमा भएको अवस्था हो भनेर भनिरहँदा महाधिवेशनपछि पनि पार्टीभित्रको गुट, उपगुट संस्कृति कायमै छ, यो विषयबाट बाहिर आउन नसकिने नै रहेछ ?

उत्तरकोरियाका नागरिक पनि अमेरिकामा छन् होला पक्कै। उतर कोरियाबाट मजस्तै कोही राजनीतिक मानिस अमेरिका आयो भने कसैले यहाँ किन फरक भयो भनेर प्रश्न सोध्दैन्। किनकी, त्यहाँ प्रश्न नै छैन् उत्तर मात्रै छ। हामी नेपाल देशको राजनीतिको कुरा गरिरहेका छौं। त्यहाँ भिन्न राजनीतिक दल, फरक राजनीतिक विचार समूहबीच प्रतिस्पर्धा हुन्छ। दलभित्र फरक राजनीतिक समूह छन्। प्रश्नै उठ्न छाड्यो भने त उत्तर आउँदैन। नेपालमा प्रश्न र विमतीबाटै फरक विचार हुन्छ। त्यसमा पनि हाम्रो नेपाली कांग्रेस पार्टी हो। कमरेड केपी ओलीको पार्टीजस्तो नेतृत्वको आलोचना गर्यो भनेर बहिष्कार वा कारवाही गर्ने वा निशेष गर्ने सस्कार पनि हाम्रो होइन्। आलोचना, छलफल हुन स्वाभाविक हो। जहाँ लचकता हुन्छ,
त्यहाँ शक्ति हुन्छ त्यहाँ जीवन हुन्छ।

६ महिनासम्म त शेखर समूह पर्खेरै बसेको हो, अहिले स्वाभाविक रुपमा गति नलिने र एउटा समूहलाई किनारा लगाउँने प्रवृति देखिएको छ, फेरी पनि निर्वाचनमा पछाडि परेकाहरुलाई समेट्न सभापति असफल भएको हो?

त्यो विल्कुल होइन्। लोकतान्त्रिक अभ्यास भएपछि परिणाम आउँछ र सबैले स्वीकार्नुपर्छ। त्यो परिणामलाई प्रतिस्पर्धा गर्नेले अल्लि ठूलो ह्दय गरेर ग्रहण नगरिरहेका र विजयी भएकोले सानो ह्दय बनाएर समेट्न नसकी रहेको हुन्छ । जित्नेको पनि ह्दय हुन्छ र हार्नेको पनि । जित्नेले पनि
प्रजातान्त्रिक प्रक्रियाबाट आएको हो त्यसकारण मैले सघाउँन पर्छ भन्ने ह्दय राख्नै पर्छ । विजयी भएकोले पनि यो मेरो जीवनको अन्तिम चुनाव हो, अब उप्रान्त कहिल्यै हुँदैन। भनेजसरी व्यवहार गर्नुहुन्न। ५ वर्षलाई जित्दै गर्दा ५० वर्षलाई आएजस्तो मुठ्ठी बटारेर भएन। ५ वर्ष भनेको ५
वर्ष नै हो। त्यो कुरा आत्मसाथ गर्नुपर्छ। नेपाली कागंरेसभित्र पार्टी सभापति शेरबहादुर देउवा हो। उहाँको प्रतिस्पर्धा डा. शेखर कोइरालासँग
भएको हो। उहाँले पाएको मत पनि सानो होइन्। त्यो मत समर्थक, सदस्यको मात्रै होइन्। त्यो पनि देशभरबाट आएको महाधिवेशन प्रतिनिधिहरुको मत हो। प्रजातन्त्रमा एउटै मतको पनि महत्व हुन्छ, त्यसैलेपनि शेखर कोइरालाले उठाएको कुरालाई समन्वय गर्ने सम्बोधन गर्ने दायित्व पार्टी सभापतिको हुन्छ।

महाधिवेशनमा दुई महामन्त्रीमध्ये तपाईं र गगन थापा फरक समुहबाट चुनाव लडेर जित्नुभयो। तपाईहरुलाई खोजेर महाधिवेशन प्रतिनिधिले दुबैलाई अनुमोदन गरे। महाधिवेनपछि गुट उपगुट संस्कृतिलाई भत्काएर त्यसलाई घटाउँदै लैजान किन सक्नुभएन?

हामी महामन्त्रीको रुपमा आएको दुई मध्ये यद्यपि म आफूलाई युवा भन्दिन। कुनै समय म युवा थिएँ। अहिले म युवा होइन्। अहिले म ५१ लागेँ। ६१ वर्ष पुग्दा पनि म त्यही स्प्रिटका साथ काम गर्न
चाहान्छु। निश्चित सयमपछि म पनि बहिर्गमित हुनुपर्छ । अहिले हामीसँग गरिएको अपेक्षा पुरानो र नयाँ पुस्तालाई समन्वय पनि गर्नुछ। नेपाली समाजका भिन्नभिन्न समुदायबीच पनि समन्वय गर्नसक्नुपर्छ
हामीले। पहाड र मधेश, पुरानो र नयाँ पुस्ता, भिन्न विचार समुहबीच पनि समन्वय गर्नुपर्नेछ। मैले यहाँ
बेलिरहेको स्वर काठमाडौंमा गगन थापाको कुनै अन्तरवार्ता हेर्नुभयो भने त्यही स्वर आउँछ। हामी दुईतिर बोल्दा पनि एकै स्वर आइरहेको हुन्छ। पद एउटै हो मान्छे मात्रै दुईटा हो। हामीले यो कुरामा गहिरो हेक्का पुर्याउँनुपर्छ र पुर्याइरहेका छौ। दुई चार वर्षअघि जन्मिएको नाताले अझै बढी परिवक्वता पुर्याउँन मैले ध्यान दिनुपर्छ। हामी समन्वयबाटै पार्टी कार्यकर्ता र आम नागरिकको अपेक्षा पुरा गर्नसक्छौ र गर्छौ।

अहिले तपाईले हामी दुई महामन्त्री सल्लाह गरेर सहकार्य गरेर काम गरिहकै छौ भन्ने कुरा गर्नभयो। हालै मात्रै गगन थापाले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रोजेक्सन गरेर कुरा गर्नु भएको छ। के उहाँको घोषणमा तपाई को पनि समर्थन छ?

हामी दुईलाई सुरुदेखि नै नेपाली कांग्रेसको नेतृत्वका रुपमा विकास भएका दुई जना हुन भनिरहँदा बाहिर र मिडियामा टकरावको कुरा बढी प्रोजेक्सन भयो। त्यस्तै अवस्था भोगिए, देखिए र सुनिए। अहिले म के देखिरहेको छु भने, नेपाली काग्रेसको प्रतिनिधित्व गरे बिपी कोइराला प्रधानमन्त्री ५० वर्षभन्दा कम उमेरमै हुनुभयो। अर्को शेरबहादुर देउवा पनि ४९ वर्षमै प्रधानमन्त्री हुनभयो। विश्वप्रकाश शर्मालाई पनि ५० वर्ष नपुग्दै प्रधानमन्त्री हुने इच्छा थियो होला नि । तर मिलेन नि। कम्तिमा गगन थापा त ५० वर्ष मुनि नै छन्। उनले प्रयात्न गर्दैगर्दा विकसित भएका जेजस्ता विषय छन् त्यसलाई संवोधन गर्न गगन थापा अगाडि बढ्नुपर्छ भनेर भन्दै गर्दा मेरो व्यक्तिगत इच्छाको विषय पनि हुन्छ। त्यसको मतलब अब गगन थापा प्रधानमन्त्री हुने नै भए त भन्ने पनि होइन्। विश्वप्रकाश र गगनमा मै सिनियार हुँला, मै दाई हुँला । म नेबि संघ सभापति हुँदा उनी ५ मध्ये एक उपसभापति थिए। म पदाधिकारी प्रवक्ता हुँदा उनी केन्द्रीय सदस्य मात्रै थिए होला।तर पनि मेरो भन्दा उनको दावा तर्कपूर्ण छ भन्दा गगन सांसद भइसकेको संसदमा बसेर विषय उठाइरहेको अनुभव छ। मन्त्री भएर दक्षता प्रमाणित गरिसकेको अनुभव छ। त्यसपछि मैले भन्दा बढी मत ल्याएर महामन्त्री भएको अवस्था छ। अहिल्यै निर्णय भइसकेको त अवस्था होइन तर, नेपाली कांग्रेसका तर्फबाट आगामी निर्वाचनपछि प्रधानमन्त्री खोज्नुपर्दा सबैभन्दा पाको खोज्दा पनि कांग्रेस नै खोज्नुपर्ने रहेछ, सबैभन्दा युवा उमेरको प्रधानमन्त्री खोज्नुपर्दा पनि हामीलाई नै हेर्नुपर्ने रहेछ।

राजनीतिमा कुनै पनि अवसर र जिम्मेवारीका लागि आफूलाई केन्द्रमा राखेर सोचियो भने आफ्ना वरपरका साथीभाईलाई प्रतिस्पर्धी ठानिन्छ । इरस्या सोचिन्छ र त्यसले तपाईलाई जटिलतामा लिएर जान्छ। आफूलाई केन्द्रमा नराखेर देशलाई केन्द्रमा राख्ने, पार्टीलाई केन्द्रमा राख्ने जनताको भावना केन्द्रमा राखेर कुरा गर्दा जो अगाडि देखिन्त त्यसलाई ओके भन्नुपर्छ। त्यो कुरा गर्नु भनेरको अहिले हाम्रो जिम्मेवारी कुरा हो।

गगनको घोषणामा तपाईको सैधान्तिक समर्थन हो?

सैधान्तिक मात्रै होइन्। यद्यपि संस्थागत रुपमा पनि नेपाली कांग्रेस पार्टीले छलफल गरेर निर्णय गरेको कुरा त होइन्। सँगैको साथीलाई सहयात्रा गर्दै गर्दा हात लम्काउँदै गर्दा आफ्नो हात अरुको खुट्टातिर लम्काउँनुभयो भने, तपाई पनि ढिला पुग्नुहुन्छ। सँगै हिड्दा कदममा कदम मिलाएर
हातलाई हाततिर लम्काउँदा तपाईको यात्रा पनि सहज हुन्छ। गगन थापा बन्दै गर्दा मेरो चाँही ढोका बन्द हुने हो र? मै बन्नुपर्छ त्यो पनि होइन्। म नबनेपछि मेरो पार्टीले देशले गति लिन्छ बाटो लिन्छ भने गाउँमा गएर कोपीको बोटमा पानी हालेर बस्दा पनि मलाई आनन्द हुन्छ।

यो कुराले कतै तपाईहरु सेयरिबमा जान लाग्नु भएको त होइन? भन्ने प्रश्न उठेको छ। गगनप्रधानमन्त्री र तपाई पार्टी सभापति बन्ने तयारी त होइन्?

पार्टीको महाधिवेशन भर्खर सकिएको छ। हामी महामन्त्री भएको छौ। हामीसँग आंकाक्षा गाँसिएका छन्। तसर्थ तिमी प्रम बन, म पार्टी सभापति बन्छुजस्ता कुनै पनि कुरा विल्कुल भएको छैन्। चार वर्ष गु्रज्रिएर जाँदा गगनलाई नै पार्टी सभापति बनाउँनुपर्ने हो कि, । पूर्णबहादुर खड्कालाई पुरानो पुस्ताको अन्तिम व्यक्तिको रुपमा ल्याउनुपर्ने हो कि, अहिले प्रतिस्पर्धामा रहेकै शेखर कोइराला, विमलेन्द्र, पकाशमान, अगाडि बढ्ने हो कि। पछिल्लो पुस्ताबाट बालकृष्ण खाँड र विश्वप्रकाश आउँने हो किअहिले भावी सभापतिको सन्दर्भमा कुरा गर्नु हतार हुन्छ।

राष्ट्रिय सन्दर्भमा नेपालमा राजनीतिक दलप्रति चरम वितृष्णा छ। ३० भन्दा तलको पुस्ता त राजनीतिसँग अझै टाढिएको छ। तपाईहरुसँग पनि त्यो पुस्तालाई आकर्षित गर्ने एजेण्डा अभाव भएर टाढिँदै गएको हो त?

यसमा आमुल परिवर्तन खोज्न सहज हुन्छ तर यो विषय कुनै राजनीतिक घोषणाजस्तो गरेर पुरा गर्न संभव छैन्।
सामाजिक रुपान्तरण, सम्बृद्धि र विकासको कुरा संयमताका साथ जानुपर्छ। यो क्रमशः हुन्छ। तर जनतालाई विस्तारै बुझाउँनुपर्छ। अहिले अमेरिकामा १०० जना नेपाली भेला गर्नुस्। छलफल गर्यो भने, नेपाल पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ भन्यो भने सबैलाई हो जस्तै लाग्छ। सँगै ऊ कुन गाउँबाट आएको भनेर सोधियो भने, गाउँमा अहिले पानीका धारा छ, टेलिफोन पुगेको छ, सडक पूर्वाधार छ।
सामान्य रुपमा हेर्नुस् यो त विकास भन्दा बृद्धिको कुरा हो। तर जसको घरमा पहिलोपटक पानीको धारा
पुगेको छ उसको लागि त त्यो निकै महत्वको कुरा हो। शिक्षा, संचार, स्वास्थ्य सेवामा पुगेका कुरा विस्तारै भइरहेको छ।
नेपालीमा अहिले ठूलाठूला सपनाको कुरा गर्ने लहर आएको छ। अहिले तपाई त्यो कुरा गर्नुहुन्छ, तर पछिल्लो पुस्ताले श्रीलंकाको जस्तो ऋणको भारी पोक्नुपर्ने बाटोमा हामीले देशलाई हिडाउँनु हुन्न। एउटा विमानस्थलहरु बन्न हुन्न भन्दिन । तर एउटा गरिव राष्ट जहाँ एउटा अन्तराष्ट्यि विमानस्थल
थियो त्यहाँ भएकोको विस्तार र व्यवस्थापन गरेर चलाउँने कुराको पछाडी नलागेर रुपन्देहीमा पोखरा, निजगढमा लोकप्रियताका लागि बन्दैछन। अमेरिकाबाट उडेको जहाँ पोखरा, भैरहवा, काठमाडौंमा ल्याण्ड गर्नु केवल १२ मिनेटको अन्तरको कुरा हो। दोस्रो अन्तराष्ट्यि विमानस्थल सातामा २ उडान भरेर बसिरहेको छ। जनताले हुनुपर्छ भन्दा यो देशले धान्न सक्दैन् अहिले प्राथमिकता होइन् भन्न सक्ने राजनीतिक नेतृत्व चाहिएको छ। एयरपोर्टरहरुमा बन्दनगाहहरुमा, हाइवेहरुमा ऋण लिदै जाने हो भने, हमनटोटा नामको बन्दरगाहमा महेन्द्र राजापाक्षेको सनकका कारण श्रीलंकाजस्तो देशमा बन्दरगाहसहित १४ हजार हेक्टर जमिनबाट श्रीलंकाको झण्डा उतारेर चाइनाको झण्डा हालिएको छ।
विश्वप्रकाश शर्माले आफूभन्दा पछिल्लो पुस्तालाई यस्तै परियोजना दिएर ऋण बोकाइदिने ? त्यो हुँदैन। अहिले नेपाल देशमा यो पनि हुन्छ, त्यो पनि हुन्छ भन्ने नेता होइन कि, यो हुँदैन, भन्ने नेता चाहिएको छ। राजनीतिज्ञले भिजन दिने हो ठिक छ, तर आवश्यकताको पहिचान त विज्ञहरुले गर्नुपर्छ। त्यसको सर्वेको पाटो डिपिआरको गर्न विज्ञा चाहिएन।
निजगढ फास्टट्याकको पाटोमा त्यतिबेला इन्फास्टक्चर नाम गरेको कम्पनीले जुनबेला बनाउँने भनेको जति मुद्राको थियो, बनाउँदा सरकारले रिक्स फ्याक्टरलाई बोकिदिनुपर्छ भन्दा राष्ट्वादको नारा चल्यो। पुरा भएन। अहिले त्यो भन्दा दोब्बर पैसामा ।
नेपालमा अहिले पनि भोटको वा लोकप्रियताको राजनीति नै छ। तपाईले भनेजस्तो नो भन्ने राजनीति सुरु हुन कति समय लाग्ला ?
अब सुरु भयो। अब जान्छ । मेरो चुनावमा जाँदा मेरो गाउँको बाहुन डाँगी भन्ने ठाउँमा जादै गर्दा जग्गा पनि देखाएको छन्। काजजपत्र पनि सबै छ। एयर बन्छ भन्यो भने विश्वप्रकाश शर्मा चुनाव जित्छ, अर्को पार्टीले भनिसक्यो भनेपनि मैले त्यहा उभिएर भन्नुपर्छ । यो एयरपोर्ट बन्दै गर्दा यसले
अबको ३० वर्षमा उठाउँने तपाईको भोट लिने नाममा तपाईको भविष्यलाई डुबाउँने काम म गर्दिन।

एमसिसी परियोजनामा साराको असन्तुष्टी हुँर्दै गर्दा पनि हामीले मुठी बटारेको युवाको भोट हेरेनौं भविष्यलाई हेरयौं नि।
त्यो परियोजना पास भयो, अहिले अमेरिकी सेना त कहिँपनि छैन् नेपालमा। तर हामीले एसपिपीमा नो भन्यौं नि हामीले । मैले हालै केरुडबाट काठमाडौं आउँने रेल परियोजनाबाट बोले । मेरो जीवन कालमा आउँन भनेर । त्यो रेल काठमाडौं आउँदा पर्यटकभन्दा बढी त चाइनिज सामान आउँने हो। चाइनासँगको कनेक्टिभिटी बढाउँन त सडक विस्तार गरौं न। खबौं हालेर केरुनबाट काठमाडौं ल्याउने र काठमडौंबाट रक्सौल जोड्ने भनेको भारतलाई चिनको सामान ल्याउँन सहज बनाइदिने र चिनलाई भारतको बजार सहज बनाइदिने हो। अहिलेकै अनुपातमा भारत र चिन अगाडी बढे भने, ५० सम्ममा ५८ ट्लिियान डलरको चीनको ४१ ट्लिियान डरको भारतको इकोनोमी बन्छ। संसारको पहिलो र दोस्रो इकोनोमी बन्न लागेका देशहरुका बिचमा बाटो बनाउन दिन सानो मन गर्न हुन्न तर हामीले एक रुपैर्या पनि नहालिकन गिफ्ट प्रोटेक्टको रुपमा तिम्रो सामान लैजाऊ तिम्रो बजारमा प्रयोग गर भन्न सक्नुपर्छ। योबाट हामीले आफै बनाउँन नसोचौं। हामीले बनाउँने भनेको मेचीदेखि महाकाली
जोड्ने कुरा हो। चिन भारतसँग सन्तुलन राख्न राख्न तेल बोक्न रेल नै चाहिन्छ भन्ने होइन्। सडक विस्तार गरे पनि हुन्छ। हामी रहँदै गर्दा ऋण लिएर रहन दिनुहुन्न ।

सत्तारुढ दलको पार्टीको महामन्त्रीको रुपमा वा एउटा जुझारु युवा नेताको रुपमा अहिलेको सरकारको परफरमेन्सलाई कसरी मुल्यांकन गर्नुहुन्छ?

यो विशिष्ठ परिस्थितिमा बनेको सरकार हो। बाटो, बिजुली, पानी रोजगारी सबै खोज्यो भने यो संभव हुन्न। यो सरकारले सबै गरेको छ म भन्दिन । तर तीन वटा काम गरेको छ। पहिला कुरा महामारीका कारण जनताको ज्यान गुमिरहेको सन्दर्भमा पहिलाको सरकारले जीवन रक्षालाई पहिलो प्रथामिकतामा राख्न सकेको थिएन। यो सरकारले खोप, खोप, खोप भनेर यो कुरामा सफलता हाँसिल गर्यो। जनतामा व्यापक पुर्यायो।सम्बृद्धिको सन्दर्भमा नेपालीले विजुली निर्यात गर्नुपर्छ र त्यसका लागि ट्रन्समिसन लाइन बन्नुपर्छ । जतिसुकै आलोचना भएपनि हिजोको दुईतिहाई नजिकको सरकारले पास गर्न नसकेको एमसिसी पास गर्यो। तेस्रो देशको सम्बृद्धिका लागि निर्वाचनको सुरुवात गर्यो। अघिल्लोपटक तीन चरणमा भएको निर्वाचन यसपटक देशभर एकै चरणमा भयो जीवन रक्षा, सम्बृद्धि र प्रजातन्त्रलाई स्टेन्थेन गर्ने सबालमा विरोधीले पनि
औला उठाउँने ठाउँ छैन्। तर त्यसबाहेक सुशासनको सन्दर्भमा मन्त्रीहरुको परफरमेन्सका विषयमा, सबैको बोली व्यवहास ठीक भए
भन्दिन।
अर्थमन्त्रीका यति विवाद आउँदा पनि कुरा उठाउँन भएन भनिन्छ नि?
यो सन्दर्भमा हामी दुबै महामन्त्रीले प्रधानमन्त्रीलाई भेटेर समयमै छलफल गरेको थियौं। तर प्रवत्ता हुँदा एउटा आवेगका साथ प्रस्तुत हुनुपर्थ्यो। अहिले त महामन्त्री हो त्यही आवेग खोजेर हुन्न । कुनै बेला प्रश्न मात्रै उठाइदिने काम त्यो प्रवक्ताको हुन्छ । अहिले प्रश्नमात्रै होइन् उत्तरदायित्व र संयम राख्नुपर्छ।परिपक्वता राख्नुपर्छ। अर्थमन्त्रीका रुपमा हामीले निकाल्नपर्छ भनियो भनेपनि त्यसलाई
कति बाहिर ल्याउँने त भन्ने सोच्नपर्छ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result