लस एन्जलस, १२ जुलाई । श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर लस एन्जलसमा जुलाई ९ देखी १४ सम्म सञ्चालित घुम्ती कन्सुलरको तेस्रो दिनसम्म चार सय भन्दा बढीले सेवा लिएका छन । हरेक दिन बिहान ९ः०० देखि बेलुका ६:०० सम्म पासपोर्ट नवीकरणको कार्य भइरहेको छ ।
बिहान देखि नै स्वयसेवकहरुले कागजी प्रक्रिया मिलाउने, फोटो खिच्न सहयोग गर्ने, फर्म भर्ने तथा अन्य आवश्यक सहयोग प्रदान गरिरहेका छन । पशुपतिनाथ फाउन्डेसनले पासपोर्टको लागि आवश्यक पर्ने युएसपीएसको लेबल समेत प्रिन्ट गर्ने व्यवस्था मन्दिर भित्र नै मिलाएको छ ।
कार्यक्रम प्रभावकारीरुपमा संचालन गर्नको लागि नेपाल अमेरिका एकता समाज लगायत स्थानीय संघसंस्थाहरुले सहयोग पुर्याइरहेका छन । शिविरको अघिल्लो दिन नेपाली जन सम्पर्क समिति, साउदर्न क्यालिफोर्निया च्याप्टरले डिनरको आयोजना गरेको थियो भने शिविरको अन्तिम दिन जुलाई १४ मा मधेसी एसोसिएसनले डिनरको व्यवस्था तथा नर्सिङ एसोसिएसनले हरेक दिन प्राथमिक उपचारको व्यवस्था गरेको छ । शिविर अवधिभरको लागि एनडब्लुजीएनले पानीको व्यवस्था, ८८४८ ईन्टरटेन्मेन्ट एलए ले दिउसोको खाना तथा जय नेपाल इन्टरनेशनल फाउन्डेसन, साउदर्न क्यालिफोर्निया च्याप्टरले हरेक दिन बिहानको खाजा व्यवस्था गरेको छ ।
सुरुमा १३ तारिख सम्म ५ दिनको घुम्ती शिविर राख्ने योजना भएकोमा अत्यधिक मागको कारण सबैलाई सहज ढंगमा सेवा पुगोस भनि एक दिन थप गरी ६ दिन बनाउनु परेको नेपाल सरकारका क्यालिफोर्नियाको लागि अवैतनिक महावाणिज्यदूत ऋषि ढकालले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-