Saturday, June 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विश्वकप फुटबल: बेल्जियम तेश्रो स्थानमा

असार ३०, २०७५ ९:१३ मा प्रकाशित
विश्वकप फुटबल: बेल्जियम तेश्रो स्थानमा
Share on FacebookShare on Twitter

अमेरिका, जुलाई १४

रसियामा जारी फिफा विश्वकपमा तेश्रो स्थानका लागि आज भएको बेल्जियम र ईंगल्याण्डबीचको खेलमा २-० गोलले बेल्जियम बिजयी भएको छ। खेलको चारौं मिनेट मै बेल्जियमका डिफेन्डर थोमस म्यूनियरको गोलसंगै अग्रता लिएको बेल्जियमले ईंगल्ल्याण्डका खेलाडीलाई गोल फर्काउने मौका नै नदिई दोश्रो हाफको अन्त्यतिर ८२ औं मिनेटमा क्याप्टेन इडेन हजार्डको तर्फबाट दोश्रो गोल थप्यो र जीत निश्चित गर्यो। 

विश्वकपमा १३ पटक सहभागी बेल्जियमका लागि आजको जीतसंगै प्राप्त तेश्रो स्थानको नतिजा निकै सुखद हो। विश्व फुटबलमा खासै चर्चा नकमाएको बेल्जियमको यसअघिको सबभन्दा राम्रो ‘पर्फर्मेन्स’ भनेको २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपमा क्वार्टर फाइनलसम्म पुग्न सक्नु नै थियो। यो पटकको सम्भावित विश्वकप बिजेता टोलीलाई जारी विश्वकपमा नै दुई पटक हराएर आफूलाई विश्व फुटबलमा उदाउँदो शक्तिका रुपमा प्रस्तुत गरेको छ। समूह ‘जि’ अन्तर्गतको खेलमा पनि बेल्जियमले ईंगल्याण्डलाई हराएको थियो।

यो पटक विश्वकपमा अप्रत्याशित नतिजाहरुको शिकार भएर डिफेन्डिंग च्याम्पियन जर्मनी समूह चरणबाटै बाहिरियो भने अर्को सशक्त दाबेदार अर्जेन्टिना, स्पेन र पोर्चुगल राउण्ड-अफ १६ भन्दा अगाडि जान सकेनन्। क्वार्टर फाइनलसम्म पुगेका दुई दक्षिण अमेरिकी टिम ब्राजिल र उरुग्वे पनि क्वार्टर फाइनलमा हार बहोर्दै विश्वकपबाट बाहिरिएपछि यूरोपियन देशहरु मात्र अन्तिम चारमा प्रवेश गरेका थिए। एउटै समूह ‘जि’मा परेका बेल्जियम र ईंगल्याण्ड सेमीफाइनलसम्म पुग्न सके। तर सेमीफाइनलमा दुबै देशले जीत निकाल्न सकेनन् र तेश्रो स्थानका लागि फेरी संगै खेल्ने स्थिति बन्यो। ईंगल्याण्डका लागि समूह चरणमा बेल्जियमसंग बेहोरेको हारको बदला लिने मौका जुरेपनि सफलता पाउन सकेन र एउटै विश्वकपमा दुईपटक एउटै देशसंग हार्न बाध्य भयो।

 

 

५२ बर्षपछि विश्वकप फाइनल खेल्ने ईंगल्याण्डको चाहना सेमीफाइनलमा क्रोयसियासंग हार बेहोरेपछि पुरा हुन पाएन। तेश्रो स्थानका लागि भएको खेलमा पनि बेल्जियमसंग हारेपछि ईंगल्याण्डले विश्वकपमा नयाँ किर्तिमान राख्न सकेन। ५२ बर्ष अघि १९६६ मा एकपटक विश्वकप जितेको ईंगल्याण्डले विश्वकपमा त्यसपछि १९९० मा चौथो स्थान ओगटेको थियो भने फेरी २८ बर्षपछि त्यही चौथो स्थान मै चित्त बुझाउनु पय्रो।अब ईंग्ल्याण्डका शुभचिन्तकहरुलाई कतार विश्वकप २०२२ सम्म पर्खेर सुधारिएको बेलायती खेल हेर्ने अवसर भने बाँकी नै छ। 

तस्वीर: फिफा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result