काठमाडौं । आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सोमबार शीलतनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
नेकपा एमाले र नेपाली कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-