काठमाडौं । सरकारले त्रिवि क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी रहँदा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् । त्यसका लागि तीन सय दिनको समयसीमा तोकिएको छ ।
कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय भएको उनले उल्लेख गरेका छन् । ।
प्रतिक्रिया लेख्नुहोस्:-