काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
सोमबार बिहान शपथ ग्रहण गरेका लेखकले अपराह्न सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्ने क्रममा उनले आफूले निष्ठापूर्वक काम गर्ने बताएका छन् । “विधिको शासनका लागि निष्ठापूर्वक काम गर्छु,” उनले भने ।
उनले तत्कालका लागि प्राकृतिक प्रकोपसम्बन्धी समस्या सम्बोधनलाई प्राथमिकतामा राखेर अघि बढ्ने पनि बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-