Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाल दक्षिण एशियाली आमन्त्रण तेक्वान्दोः नेपाल च्याम्पियन

असार ३२, २०७५ ३:४३ मा प्रकाशित
नेपाल दक्षिण एशियाली आमन्त्रण तेक्वान्दोः नेपाल च्याम्पियन
Share on FacebookShare on Twitter

काठमाडौँ, ३२ असार / नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन ठूला उपाधिसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ ।

नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्य, भारतल ४३ स्वर्ण, ४० रजत र ३९ कास्य तथा तुर्किमिनिस्तानले सात स्वर्ण, दुई रजत र एक कास्य जिते । नेपालले जुनियर र सिनियर दुवै समूहमा पनि टिम च्याम्पियनको उपाधि हात पारेको छ । जुनियरतर्फ प्रथम स्थान हात पारेको नेपालले ३४ स्वर्ण, ४३ रजत र ६१ कास्य प्राप्त गर्दा दोस्रो स्थानमा रहेको भारतले ३४ स्वर्ण, १२ रजत र १२ कास्य पदक ल्याएको छ ।

सिनियरतर्फ नेपालले पहिलो स्थानका लागि १९ स्वर्ण, १२ रजत र १९ कास्य पदक जित्दा दोस्रो स्थानमा रहेको भारतले भने नौ स्वर्ण, १७ रजत र २७ कास्य हात पारेको छ । प्रतियोगितामा तीन स्वर्ण जितेकी रुबिका खड्काले सिनियर महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले १८ देखि ३९ वर्षसम्मको ब्ल्याकबेल्टको स्पाइरिङमा स्वर्ण जितिन् । सिनियर पुरुषतर्फ तुर्किमिनिस्तानका घोसान याजोङले उत्कृष्ट खेलाडीको उपाधि जिते । जुनियर महिलातर्फ भारतकी के काभना तथा पुरुषतर्फ चीनका याङ पिङलिङले उत्कृष्ट खेलाडीको उपाधि हात पार्न सफल भए ।

नेपाल आइटिएफ तेक्वान्दोको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा महिला १० वर्षमुनिको उमेर समूहको २० केजीमुनिको स्पाइरिङमा नेपालकी सन्ध्या लामाले स्वर्ण जित्नुभयो । त्यस्तै १४ देखि १५ वर्षको कलर ब्लडको स्पाइरिङ नेपालले पाँच स्वर्ण जित्न सफल भयो । सोअनुसार ३५ केजीमुनि नेपालकी निशा पुलामी मगर, ४५ केजीमुनि अभिना राई, ५५ केजीमुनि अनिष कार्की, ६० केजीमुनि कोपीला स्याङ्ताङ र ६५ केजीमुनि डोल्मा गुरुङले स्वर्ण जिते ।

सोही प्रतियोगितामा १५ देखि १७ वर्षको रंगीन पेटीका महिला स्पाइरिङमा नेपालले तीन स्वर्ण जितेको छ । नेपालका लागि ४५ केजीमुनि रश्मि थापा मगर, ५२ केजीमुनि सचिता सुनुवार र ५८ केजीमुनि चुम्ला शेर्पाले स्वर्ण जिते । महिला १८ देखि ३९ वर्षको सिनियर रंगीन पेटीको ५२ केजीमुनि नेपालकी निश्चल राईले स्वर्ण जितिन् । महिला १५ देखि १८ वर्षको कालो पेटीमा नेपालले तीन स्वर्ण जित्न सफल भयो । सविना लामाले ५५ केजीमुनि, करिश्मा घर्ती मगरले ६४ केजीमुनि र कन्याम लिम्बूले ७० केजीमाथि स्वर्ण पदक हात पारे ।

महिला १८ देखि ३९ वर्षको कालो पेटीमा नेपाल चार स्वर्ण जित्न सफल भएको छ । नेपालका लागि ४७ केजीमुनि रुबिका, ५२ केजीमुनि रञ्जु पुलामी मगर, ५७ केजीमुनि रिना धिमाल र ७७ केजीमुनि सिर्जना राईले स्वर्ण पदक हात पार्न सफल भए ।

रंगीन पेटीमा सचिता सुनुवार, दोस्रो डान कालो पेटीमा निश्मा बस्याल, तेस्रो डान कालो पेटीमा सोनी खड्का र चौथो डान कालो पेटीमा तुलसा राजथलाले आआफ्नो खेलमा स्वर्ण जिते ।

महिला टिम प्याटन र टिम स्पाइरिङमा पनि नेपालले दुई स्वर्ण जित्यो । प्याटनमा रुबिका, रिना, निश्मा, तुलसा राजथला र हिमा खड्काको समूहले स्वर्ण जित्दा टिम स्पाइरिङमा सोनी खड्का, रुबिका, सञ्चिता लामा, शान्ति खत्री, रिना र सिर्जना राईको समूहले स्वर्ण जितेका थियो ।

पुरुष १० वर्षमुनि नेपालले दुई स्वर्ण जित्न सफल भयो । बाइस केजीमुनि अभिषेक राई र ३२ केजीमुनि लक्की राईले स्वर्ण जितेका छन् । पुरुष १० देखि १३ वर्षमुनिको रंगीन पेटीमा नेपालले छ स्वर्ण जित्न सफल भएको छ । तीस केजीमुनि किस्मत पुन, ३५ केजीमुनि शिशिर राई, ४० केजीमुनि शिवम घर्ती मगर, ४५ केजीमुनि, विनोद रखाल, ५० केजीमुनि विजय सारु र ५५ केजीमुनि निलेश थापा मगरले आआफ्नो खेलमा स्वर्ण जितेका छन् ।

पुरुष १४ देखि १५ वर्षको रंगीन पेटीमा नेपालले दुई स्वर्ण जित्यो । सुनिल गोलेले ५० केजीमुनि र अभिषेक राईले ६० केजीमुनि स्वर्ण जितेका छन् । पुरुष १६ देखि १७ वर्षमुनि रंगीन पेटीमा नेपालले तीन स्वर्ण जित्न सफल भयो । निश्चल कुर्मालीले ४५ केजीमुनि, सुजन शाही ठकुरी ५१ केजीमुनि, पूर्ण लोप्चनले ५७ केजीमुनि र सुमित खुलाल मगर ७५ केजीमाथिको खेलमा स्वर्ण जिते ।

पुरुष १८ देखि ३९ वर्षमुनिको रंगीन पेटीमा नेपालले तीन स्वर्ण जितेको थियो । किरण कुँवरले ५८ केजी, चूडामणि कुँवरले ६४ केजी र देवीकुमार थारुले ७१ केजीमुनि स्वर्ण जिते । पुरुष १५–१८ वर्षमुनि प्रथमदेखि चौथो डानको स्पाइरिङमा नेपालले सात स्वर्ण जित्न सफल भयो । नेपालका लागि ४५ केजीमुनि श्याम राई, ५१ केजीमुनि विशाल बुढा मगर, ५७ केजीमुनि अनिल तामाङ, ६० केजीमुनि कृष्ण बस्नेत, ६३ केजीमुनि प्रताभ कार्की, ६९ केजीमुनि अञ्जिल कुँवर र ७५ केजीमाथि साजन बच्चमैयाले स्वर्ण दिलाए ।

पुरुष १८–३९ वर्षमुनि प्रथमदेखि चौथो डानको स्पाइरिङमा नेपाल दुई स्वर्ण जित्न सफल भयो । नेपालका लागि ५२ केजीमुनि सागरशम्शेर कुँवर र ७८ केजीमुनि चाउची डंगोलले स्वर्ण जिते । गत शुक्रबारदेखि आइतबारसम्म भएको उक्त प्रतियोगितामा पुरुष पाँचौँ डान भेट्रान प्याट्रनमा नेपालका लागि खेम क्षेत्रीले स्वर्ण जिते । त्यस्तै टिम स्पाइरिङमा नेपालले स्वर्ण जित्यो । चाउची, लीलाधर बस्नेत, दिनेश बुढा मगर र वीर कुँवरको टोलीले भारतलाई ३–२ को स्कोरमा पराजित गरेको थियो । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result