Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

साहित्यिक जमघटकाबीच ह्युस्टनमा भानु जयन्ती समारोह सम्पन्न

असार ३१, २०७६ ५:२४ मा प्रकाशित
साहित्यिक जमघटकाबीच ह्युस्टनमा भानु जयन्ती समारोह सम्पन्न
Share on FacebookShare on Twitter

ह्युस्टन, टेक्सस, जुलाई १४/ नेपालीहरु संसारको जुनसुकै ठाउँमा गएपनि आफ्नो भाषा र संस्कृति भुल्न सक्दैनन्। र, प्रवास मै भएपनि आफू बसेको स्थानमा भाषा, संस्कृति र नेपालीपनको जगेर्ना गर्न पछि पर्दैनन् भन्ने कुराको राम्रो उदाहरण हिजो टेक्ससको ह्युस्टनस्थित श्रीपशुपतिनाथ मन्दिरमा आयोजित २०६ औं भानु जयन्ती मनाउने सन्दर्भमा प्रत्यक्ष देखियो।

करीब चारघण्टासम्म चलेको साहित्यिक जमघटमा कविता, गजल लगाएत हाइकु र नेपाली गीत र नृत्य समेत समावेश थियो। कार्यक्रममा आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्यमा पुय्राउनु भएको योगदानको चर्चा गरिएको थियो। भाषा, संस्कृति र साहित्य नै प्रवासमा नेपालीलाई चिनाउने र एकताबद्ध गराइराख्ने दरिलो माध्यम भएकोमा सहभागी सबैको स्विकारोक्ति थियो। नयाँ पुस्तामा नेपालीपन जीवित राखिराख्न आफ्ना सन्ततिहरुलाई नेपाली भाषा बोल्न/लेख्न सिकाउनु पर्ने र उनीहरुलाई नेपाली भाषा र साहित्यप्रति चासो सृजना गराउने सामाजिक गतिविधीहरुले निरन्तरता पाउनु पर्नेमा पनि सहभागी सर्जक तथा साहित्यानुरागीहरुको बिचार सुनिन्थ्यो।

प्रवासको व्यस्त जीवनबाट केही समय बचाएर नेपाली भाषा र साहित्यलाई बचाइराख्न सक्रिय साहित्यानुरागीहरुलाई एउटै स्थानमा भेला गराउन सहयोगी भएको अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) ह्युस्टन च्याप्टर र यसका पदाधिकारीहरुको सक्रियताको सहभागी सबैले प्रशंसा गरेका थिए।

कार्यक्रमको मुख्य आकर्षण रहेका गजल यात्रामा निकै सक्रिय युवाहरु बासु पुष्पा अधिकारी र पवन लामिछानेले डालास देखि ह्युस्टन आएर बाचन गरेका गजलले सबैलाई मन्त्रमुग्ध बनाएको थियो। प्रवासमा नेपाली गजल विधालाई निकै जिवन्त बनाईराख्न र गजलयात्रा समुहलाई अगाडि बढाउन डालास, टेक्ससका यी दुबै युवा सर्जकहरुका अतिरिक्त ह्युस्टनका सतिश त्रिपाठी, बिदुर दवाडी, बिटु केसी, विलल पोखरेल, बासु पौडेल, अमृत लामिछाने लगाएतका व्यक्तित्वहरुको योगदान उल्लेखनीय रहेको छ।

अनेसास ह्युस्टनको हिजोको कार्क्रममा बाचन भएका कविता तथा गजलले नेपाली भाषा र साहित्यप्रति प्रवासी नेपालीहरुको लगावलाई प्रष्टै उजागर गरेको थियो। कार्यक्रममा कमलमणी पन्थी, बिलल पोखरेल, सतिश त्रिपाठी, बिटु केसी, बासु पौडेल, डा. नकुल बानियाँ, बिदुर दवाडी, अमृत लामिछाने, राजिव घिमिरे, सिमरन पौडेल, कल्पना घिमिरे, लक्ष्मण कँडेल, अमृत कँडेल, उषा पन्थी, शुसिला आचार्य, मोदनाथ सदा र सुजन पण्डितले पनि आ-आफ्ना साहित्यिक रचना बाचन गरेका थिए।

ह्युस्टनका सक्रिय साहित्यकर्मी सतिश त्रिपाठीले आफू संगसंगै उनका छ र तीन बर्षीय छोराहरु क्रमश प्रोमेथिस र प्रिथकले गजल सुनाएर सबैलाई छक्क पारेका थिए। अमेरिकामा नै जन्मेका आफ्ना सन्तानहरुलाई सानैबाट नेपाली भाषा र साहित्यप्रति चाख जगाउन सक्रिय रहेकोमा सतिशको सबैले प्रशंसा गरेका थिए। कार्यक्रममा साना बाबु-नानीहरुले नेपाली गीत/संगीतमा उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए। आफ्ना साहित्यिक सृजना/बाचनका माध्यमबाट सामाजिक/राजनीतिक क्षेत्रमा भैरहेका विसंगतिप्रति व्यंग समेत गरिएको थियो।

साना बालबालिकाहरुले नेपाली राष्ट्रियगान गाएर शुरु भएको कार्यक्रम सदिक्षा रेग्मीले साहित्यिक शैलीमा संचालन गरेकी थिइन्। कर्यक्रममा अनेसास ह्युस्टनका अध्यक्ष कमल मणी पन्थी र निवर्तमान अध्यक्ष शेष शर्माले दीप प्रज्वलन सहित आदिकविको तस्बिरमा माल्यापर्ण गरेका थिए भने मुना पौडेलले स्वागत मन्तव्य राखेकी थिइन्। यसैगरी सल्लाहकार डा. राजेन्द्र श्रेष्ठ तथा अध्यक्ष पन्थीले चित्रकलामा सहभागी सबै बाल-बालिकाहरुलाई उपहार प्रदान गरेका थिए।

फ़ोटो फिचर

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result