दूरबिन नेपाल, न्युयोर्क
नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिप्नाले कोरोना महामारीको बेला न्युयोर्कमा गरेको सहयोगको विवरण सार्वजनिक गरेको छ । फिप्नाका अध्यक्ष लोक चेम्जोेङले जारी गरेको विज्ञप्तिमा मार्च २० देखि जुन २० सम्म तीन महिनाको अवधिमा कारोना महामारीमा गरेको फेहरिस्त जानकारी गराइएको छ । प्रतिवेदनमा फिप्नाको पहलमा एक हजार दुईसय २१ जनाको घरदैलोमै राहत सामग्री पुर्याइएको थियो । जसमा औषधिजन्य सामग्रीका साथै खाद्यान्नहरुपनि वितरण गरिएको थियो ।
मार्च महिना देखी जुन महिना सम्ममा फिप्नाले संस्थागत रूपमा विभिन्न २४ वटा क्रियाशील संघ संस्थाहरूलाई स्वास्थ्य सामाग्रीहरू वितरण गरेको र त्यसक्रममा २ हजार ६ सय प्रति टाईनल, केएन ९५ माक्स २ हजार ६ सय ६५ प्रति, ८ हजार २ सय ५० प्रति सर्जिकल माक्स, हेण्ड ग्लब्स १७ हजार ६ सय ५० प्रति र हेण्ड सेनिटाईजर २ सय ३७ प्रति वितरण गरिएको फिप्नाले जनाएको छ । त्यसैगरि अन्य सामग्रीहरुमा हेण्ड स्यानीटाइजर दुई सय ३७ प्रति, थर्ममिटर १५ प्रति फिप्नाको कार्यलयबाट वितरण गरिएको जानकारी दिइएको छ । यसका साथै फिप्नाका १७ वटा सदस्य संस्थाहरूबाट प्रत्येक संस्थागरूले टाक्स फोर्स निर्माण गरी आफ्नो समुदाय र सदस्यहरूको घरदैलोमा आवश्यक औषधि, माक्स, ग्लब्स, सेनिटाईजर, थर्ममिटर, साथै ग्रोसरीहरू वितरण गरीएको थियो । सो बेला नेपाली अन्तराष्ट्रिय विद्यार्थीहरूलाई समेत ग्रोसरी तथा नगद सहयोगहरू गरिएको र मृत्यु भएका व्यक्तिको परिवारको लागि आर्थिक सहयोगको अभियान सञ्चालन गरी परिवारलाई बुझाइएको फिप्नाले जनाएको छ । यो अवधिमा विभिन्न व्यावसायीहरू, संघ संस्थाका साथै न्यूयोर्कस्थित स्थानीय सरकारका विभिन्न कार्यालयहरूवाट समेत सहयोग प्राप्त भएकोमा फिप्नाले आभार व्यक्त गरेको छ ।
कोरोना महामारी बढ्न थालेपछि फिप्नाले सुरूमा सचेतना मूलक सन्देशहरू प्रवाह गरेको जनाउंदै नेपाली राजदुतावास वासिङटन डिसी, नेपाली महावाणिज्य दुतावास न्यूयोर्क, न्यूयोर्क सिटीका मेयरको कार्यालय तथा नेपाली अमेरिकन समुदायमा क्रियाशील विभिन्न सामाजिक, राजनीतिक संघ संस्थाहरू तथा व्यक्तिहरूसंग विशेष छलफल गरी सहकार्य गर्ने, संवाद तथा सुचना आदान प्रदान गर्ने र संगै मिलेर कोरोना भाईरसलाई पराष्त गर्नेमा एकजुट गराउन पहल गरि एको प्रतिवेदनमा उल्लेख छ । सोही अनुरुप न्यूयोर्कमा क्रियाशील संघ संस्थाहरू र सामाजिक अभियन्ताहरूलाई समेटेर फिप्नाको अगुवाईमा “कोरोना विरूद्धको सचेतना एवं सहयोग समूह, न्यूयोर्क” निर्माण भएको थियो ।
फिप्नाले दिएको जानकारी अनुसार अहिले सम्म नेपाली समुदायबाट न्यूयोर्कमा १२ जना तथा अमेरीका भरीमा २१ जना भन्दा बढीले ज्यान गुमाइसकेका छन । अझैपनि संयुक्त राज्य अमेरिकामा कोरोना महामारी नघटेकोले आफू बची र अरूलाई पनि बचाउन फिप्नाले आग्रहपनि गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-