काठमाडौँ । एमालेका ३३ जना सांसदले पार्टीको ह्विप उल्लङ्घन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सहजै विश्वासको मत प्राप्त गरेका छन् । पक्ष र विपक्षमा विभक्त भएको गठबन्धनको अर्को घटक जसपा पनि समर्थनको पक्षमा एक ढिक्का भएपछि देउवाले अपेक्षा गरेभन्दा बढी मत प्राप्त गर्न सफल भए । नेपाली काँग्रेस र माओवादी केन्द्रका सहित १६५ सांसदले देउवाको प्रस्तावको पक्षमा मतदान गरे ।
प्रधानमन्त्रीमा देउवाको आगमनसँगै जसपामा पार्टी भित्रको अन्तरद्वन्द कम भएको छ भने एमाले भित्रको झगडा झनै पेचिलो बन्न पुगेको छ । एमाले पार्टी नेता माधव कुमार नेपाल समूहका १४ र केपी ओली समूहका ८ जना गरी २२ जना एमाले सभासदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान गरेका हुन । यो सँगै एमालेको एकता बचाइ राख्ने प्रयासमा गंभिर धक्का लागेको छ । माधव नेपाल समूहको कदमले प्रतिनिधि सभा दुई पटकको विघटनबाट जोगिँदै ५ वर्षको समय अवधि पुरा गर्ने भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-