काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधिसभामा विचाराधीन रहेका अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराएको छ ।
उनीहरुले मंगलबार सभामुख सापकोटासँग भएको भेटवार्तामा चेम्बरले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न एघार वटा विधेयकहरु अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएका हुन् । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले सभामुख सापकोटासँग विचाराधीन अवस्थामा रहेका धेरै विधेयकहरु रोकिँदा नीजि क्षेत्रसँग सम्बन्धित कतिपय समस्याहरु सम्बोधन हुन नसकेको बताएका थिए ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशेधन गर्ने सम्बन्धी ऐन पनि अर्थसमितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-