Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सङ्ग्रहालयमा बिपीको सम्झना

साउन ६, २०७५ १:४७ मा प्रकाशित
सङ्ग्रहालयमा बिपीको सम्झना
Share on FacebookShare on Twitter

काठमाडौँ, ६ साउन /  प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३६औँ स्मृति दिवस सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा मनाइएको छ ।

बिपी सङ्ग्रहालय समितिले आयोजना गरेको कार्यक्रमका वक्ताले बिपीले नेपालको लोकतान्त्रिक आन्दोलन, लोकतान्त्रिक समाजवाद र नेपाली साहित्य क्षेत्रमा पु¥याउनुभएको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभयो । विसं २०१७ पुस १ गतेको ‘कू’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई २०२५ सालसम्म सुन्दरीजल बन्दीगृहमा राखिएको थियो । प्रधानमन्त्री बन्नुअघि ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन गर्नुभएका कोइरालाले राजनीतिक व्यस्तताका कारण साहित्य सिर्जनामा समय दिन पाउनुभएको थिएन ।

आठवर्षे कारागार जीवनमा कोइरालाका ‘श्वेतभैरवी’, ‘मोदीआइन’, ‘सुम्निमा’, ‘बाबु, आमा र छोरा’, ‘हिटलर र यहुदी’, ‘तीन घुम्ती’ उपन्यास, ‘आफ्नो कथा’, ‘जेल जर्नल’, ‘फेरि सुन्दरीजल’ आत्मजीवनीलगायत पुस्तक प्रकाशन भएका छन् । उहाँको गणेशराज शर्माको सम्पादनमा ‘आत्मवृत्तान्त’ पनि प्रकाशित छ ।

स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बिपीले नेपाली राजनीति र साहित्यमा पु-याएको योगदान भावी पुस्ताका लागि अनुकरणीय रहेको बताउनुभयो । काँग्रेस महासमिति सदस्य लोकेश ढकालले बिपीलाई कारागार जीवन साहित्य सिर्जना गर्ने अवसर बनेको बताउनुभयो । सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलले सुन्दरीजल बन्दीगृहलाई साहित्य, राजनीति र दर्शनको त्रिवेणीधामका रुपमा विकास गरिने बताउनुभयो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सङ्ग्रहालय पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । बन्दीगृहलाई २०६१ भदौ २४ गते सङ्ग्रहालयमा परिणत गरिएको थियो । सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण चिजबिजको सङ्ग्रह गरिएको छ । भूकम्पपछि ती सामग्रीलाई एउटा कोठामा राखेर पुनःनिर्माण शुरु गरिएको होे । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result