काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले दुई ठूला राजनीतिक दल मिलेर सरकार गठन भएकाले नै शेयर बजार बढेको बताएका छन् उनले सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सोमबार सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।
मुख्य दुई राजनीतिक दल मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको उनले उल्लेख गरे । उनले अब सेयर बजार मात्र नभएर समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्नेमा जोड दिए ।
पूर्वअर्थमन्त्री महतले सेयर बजार, जग्गा कारोबारलगायत क्षेत्रमा कर्जा प्रवाहका निम्ति सीमा कायम राखेर गरिएको ‘माइक्रोम्यानेजमेन्ट’लाई विचार गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-