Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सुदिप पन्तको अध्यक्षतामा नेजामा नयाँ नेतृत्व

साउन ७, २०७५ ४:४८ मा प्रकाशित
सुदिप पन्तको अध्यक्षतामा नेजामा नयाँ नेतृत्व
Share on FacebookShare on Twitter

सियाटल, अमेरिका, जुलाई २२, २०१८

नेपाली-अमेरिकन पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को जुलाई २१-२२, २०१८ मा वाशिंगटनको सियाटल शहरमा सम्पन्न छैठौं अधिवेशनबाट सुदिप पन्तको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन भएको छ। उपाध्यक्ष, महासचिव लगाएतका सबै पदहरु निर्विरोध निर्वाचित भएको नेजाको नयाँ कार्यसमितिमा विकास राज न्यौपाने उपाध्यक्ष, किरण मरहठ्ठा महासचिव, सुरज भण्डारी सचिव, मच्छेदेवी गुरुंग कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। यसैगरी विधानत निर्वाचित हुने पाँच क्षेत्रीय संयोजकहरुमा क्यानडाबाट कसैको पनि उम्मेदवारी परेन भने बाँकी चार क्षेत्रीय संयोजकहरुमा पूर्व क्षेत्रबाट कल्पना घिमिरे, मध्य क्षेत्रबाट रामचन्द्र भट्ट, पश्चिम क्षेत्रबाट गोकुल ढकाल र डिसी-मेट्रो क्षेत्रबाट लिला ओझा ढकाल निर्वाचित भएका छन्। चुनावी प्रक्रियाबाट निर्वाचित हुने चार सदस्यहरु मध्ये शेर बहादुर केसी, निदेश अधिकारी र बाबुराम खरेल तीनजनाको मात्र उम्मेदवारी परेकोले तिनैजना कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। 

नेजाका सल्लाहकार एवं निर्वाचन समितिका संयोजक तारा बरालले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेका थिए। निर्वाचन समितिमा नेजाका संस्थापक अध्यक्ष एवं सल्लाहकार गिरीश उपाध्याय, सल्लाहकार एवं पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, सल्लाहकार योगेश उपाध्याय र नेजा सदस्य सुजन पण्डित सदस्य रहेका थिए। 

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेजाको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै नयाँ नेतृत्वसंग नेपाल पत्रकार महासंघ सहकार्य गर्न निकै उत्सुक रहेको बताए। 

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष सुदिप पन्तलाई निवर्तमान अध्यक्ष भोला आचार्यले नेजाको साँचो हस्तान्तरण गर्दै पदभार हस्तान्तरण गरेका थिए। यसैगरी निवर्तमान महासचिव तोया दाहालले नवनिर्वाचित महासचिव किरण मरहठ्ठालाई माइन्यूट बुक हस्तान्तरण गरे भने निवर्तमान कोषाध्यक्ष शैलेश पोखरेलले नवनिर्वाचित कोषाध्यक्ष मच्छेदेवी गुरुंगलाई बैंकखाता र चेकबुक हस्तान्तरण गरे। 

आजै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक गर्दै निवर्तमान कार्यसमितिका अध्यक्ष भोला आचार्य र निवर्तमान सचिव अग्नि चौलागाईंलाई नेजाको कार्यसमितिको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको अध्यक्ष पन्तले दूरबिन नेपाललाई जानकारी गराए। यसैगरी वरिष्ठ पत्रकारद्वय तारा बराल र योगेश उपाध्याय, संस्थापक अध्यक्ष गिरीश उपाध्याय, पूर्व अध्यक्षहरु आङछिरिङ शेर्पा र गौतम दाहाल सदस्य रहेको पाँच सदस्यीय सल्लाहकार समिति समेत आजै गठन गरेको जानकारी अध्यक्ष पन्तले गराए। 

नव निर्वाचित नेजा कार्यसमितिलाई दूरबिन नेपालको शुभकामना।

फोटो सौजन्य: गिरीश उपाध्याय

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result