सरकारले आर्थिक वर्ष ०७५र०७६ मा विदेशी फिल्म प्रदर्शनबाट ७ करोड ८० लाख चलचित्र विकास शुल्क सङ्कलन गरेको छ । चलचित्र विकास बोर्डका अनुसार यो शुल्क अघिल्लो आर्थिक वर्षभन्दा १ करोड ४० लाख रुपैयाँले बढी हो ।
सरकारले विदेशी फिल्म प्रदर्शनका लागि १५ प्रतिशत चलचित्र विकास शुल्क तोकेको छ । शुल्कमा निकै वृद्धि भएको देखिन्छ । चलचित्र विकास बोर्डका अनुसार नेपालमा विदेशी फिल्म, त्यसमा पनि हलिउडको लोकप्रियता बढेको देखिन्छ ।
घरेलु फिल्मको हकमा भने शुल्क तोकिएको छैन । विदेशी फिल्मले १३ प्रतिशत मूल्य अभिवृद्धि करसहित चलचित्र विकास शुल्क बुझाउनुपर्छ । बोर्डले आगामी आर्थिक वर्षमा राजस्व सङ्कलन अझै बढ्ने आकलन गरेको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-