अमेरिका । अमेरिका क्षेत्रमा रहेका नेपाली मूलका पत्रकारहरूको बाक्लो उपस्थितिका बिच नेपाल अमेरिका पत्रकार सङ्घ नेजाको ७ औँ अधिवेशन तथा १४ औँ साधारण सभाको उद्घाटन सत्र शनिवार भर्जिनियामा सम्पन्न भएको छ ।
नेपाल पत्रकार सङ्घका अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही, तारा बराल लगायतका पत्रकार र सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरूले कार्यक्रमलाई संवोधन गरेका थिए ।
एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले अधिवेशनको सफलताको शुभकामना दिँदै नेजासँग मिलेर काम गरेका उदाहरण प्रस्तुत गर्नु भयो । अध्यक्ष सुवेदीले अमेरिका क्षेत्रमा काम गर्ने पत्रकार र पत्रकारीताका विद्यार्थीलाई हौसला प्रदान गर्न नेजा मार्फत दूई हजार डलरको एनआरएनए अमेरिका पत्रकार फेलोसिप प्रदान गर्ने बताउनु भयो । एनआरएनए अमेरिकाको सहयोगी कदमको पत्रकारहरूले प्रशंसा गरेका छन् ।
नेजाको बन्द सत्र र निर्वाचनको कार्यक्रम आइतबार हुँदै छ ।
प्रतिक्रिया लेख्नुहोस्:-