काठमाडौं । बुधबार घटेको शेयर बजार विहीबार भने ३२.०२ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २५६८ अंकमा कायम भएको छ ।
आज नेप्से बढेसँगै कारोबार रकम भने केही घटेको छ । बुधबारको तुलनामा २ अर्ब रुपैयाँ बराबरको कारोबार घटेको हो । हिजो बुधबार १६ अर्ब रुपैयाँको कारोबार हुँदा आज १४ अर्ब १३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
प्रतिक्रिया लेख्नुहोस्:-