काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लगानी बढाउने वातावरण बनाउने बताएका छन् ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसमक्ष आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन करार बमोजिम आज बुझाएको कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने बताए ।
पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी अवधारणा महत्त्वपूर्ण हुने भन्दै प्रधानमन्त्रीले लगानी बोर्डमार्फत भइरहेका कार्य र उपलब्धिको प्रशंसा गरेको प्रमुख कार्यकारी अधिकृत भट्टले जानकारी दिए ।
“स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने र बोर्डलाई सार्वजनिक–निजी साझेदारीको ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्नेगरी संस्थागत क्षमता विकास गरिनेछ,” प्रधानमन्त्रीले ओलीले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-