जाङ्बु शेर्पा
अमेरिका-
अध्यागमन अदालतबाट देश छोड्न आदेश पाएका एक मेक्सिकोका नागरिकको जर्जीयास्थित आइसिइ हिरासतमा मृत्यु भएको छ । उनलाई गत अप्रिल महिनामा आइसिइका अधिकारीहरूले जर्जीयावाटै नियन्त्रणमा लिएका थिए । नाम नखुलाइएका ४४ वर्षीय मेक्सिकनको मृत्यूसगै अक्टोबर यता आइसिइको हिरासतमा मृत्यु हुने आप्रवासीको सङ्ख्या १२ पुगेको छ । अक्टोबर अगाडि आइसिइको हिरासतमा ७ जनाको मृत्यु भएको थियो । एक वर्षको विचमा १९ जनाले अमेरिकाको हिरासतमा ज्यान गुमाएका छन् ।
आइसिइका अधिकारीले भने यसबारे केही नखुलाए पनि पेट दुख्ने समस्याबाट ग्रस्त उनलाई स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि केही दिन अघि मात्र स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । उनी स्वदेश फिर्तीको अन्तिम प्रक्रृयामा रहेका थिए ।
गत जुन महिनामा मात्रै ३० वर्षीय होण्डुरस नागरिक अलेक्सिस वाल्डेरमोसको टेक्सस राज्यस्थित ह्यूस्टन राज्यमा रहेको हिरासतमा मृत्यु भएको थियो । उनलाई मे अमेरिका मेक्सिको सिमानाबाट मे २७ मा पक्राउ गरी जुन ६ मा हिरासतमा पठाइएको थियो ।
यस्तै मे २८ मा नै सिमानाबाट अमेरिका प्रवेश गर्न खोज्दै गर्दा बोर्डर पेट्रोलसँगको झडप गरेको अभियोग खेपिरहेका मेडिना लिओनको पनि जुन १ मा टेक्ससकै इल पासोस्थित आइसिइ हिरासतमा मृत्यु भएको थियो । आइसिइ अधिकारीहरूका अनुसार मेडीनाको स्वास्थ्य जाँचका क्रममा एचआइभि पोजेटिभ देखा परेपछि इलपासो स्थित स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।
यस्तै टेक्सस राज्यकै इगलपासवाट अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेकी एक होण्डरस महिलाको पनि आइसिइ हिरासतमा नै मृत्यु भएको थियो । जुन १ मा अमेरिकास्थित
सीमा सुरक्षा वलले नियन्त्रणमा लिइएकी ती महिलाको हिरासतमा पठाएको २५ मिनेटमा नै मृत्यु भएको थियो । जुन ३ मा पक्राउ परेका ३३ वर्षीय नाम नखुलाइएका एल साल्भाडोरको नागरिक पनि हिरासतमा पठाएको दिनै मृत्यु भएको थियो ।
यस्तै मे महिनामै टेक्सस राज्यको हिडाल्गोवाट पक्राउ परेका १६ वर्षीय कार्लोस हर्नानडेजको पनि आइसिइ हिरासतमा मृत्यु भएको थियो । उनी हिडाल्गोवाट वेस्लागो सीमा सुरक्षा बलको हिरासत परिवर्तन गर्ने क्रममा बेहोस भएपछि मृत्यु भएको थियो । यद्यपि उनको मृत्युको कारण भने अझैसम्म खुल्न सकेको छैन ।
यस्तै टेक्ससकै व्राउनभिलेवाट पक्राउ गरेका ग्वाटेमालाका नागरिक १५ वर्षीय जुआन डी लिओनको पनि आइसिइको नियन्त्रणकै क्रममा मृत्यु भएको छ । उनको मृत्यु थकाइ र तनावका कारण भएको आइसिइले जनाएको छ ।
जुन महिनमा नै एक ४५ र अर्को ४० वर्षीय मेक्सिकन नागरिकको सीमा सुरक्षामा बलले नियन्त्रणमा लिएर हिरासतमा पठाएपछि मृत्यु भएको छ । मृत्यु हुने मध्य ४५ वर्षीयको मृगौलामा र ४० वर्षीयको पेटमा दुख्ने समस्यावाटग्रस्त रहेको बताएको छ । दुवैलाई रियो ग्रान्ते भ्यालीबाट नियन्त्रणमा लिएको थियो ।
हिरासतमा मृत्यु हुनेमा ३ जना बालबालिका समेत छन् । गतवर्षको डिसेम्बरमा नै नियन्त्रणमा लिएका ती बालबालिका मध्य ७ वर्षीय ज्याकलिन कालको सीमा पार गर्ने क्रममा आफ्ना पितासँगै पक्राउ परेकी थिइन् । ज्याकलिनको व्याक्टेरियल सङ्क्रमणको कारण इल पासोको एक अस्पतालमा मृत्यु भएको थियो ।
आठ वर्षीय फिलिम गोमेजको पनि अध्यागमन हिरासतमा नै मृत्यु भएको थियो । गोमेजलाई पितासँगै पक्राउ गरिएको थियो । गोमेज इन्फ्लुन्जा वीवाट सङ्क्रमित थिइन् ।
यस्तै नाम नखुलेका एक दश वर्षीय वालिकाको पनि मुटुमा समस्या देखिएपछि उपचार गर्नेक्रममा ओमाहको एक वाल अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्युको बारे भने ८ महिनापछि मात्रै खुलाइएको थियो ।
अभिवाभकसगै हिरासतमा लिएका दुई वर्षीय वालिकाको समेत निमोनिया सङ्क्रमण भएपछि मृत्यु भएको थियो । सङ्क्रमण पश्चात् उनलाई इलपासोस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।
अक्टोबर अघि पनि ७ सात आप्रवासीको अध्यागमन हिरासतमा मृत्यु भइसकेको छ । अधिकांश हिरासतको मृत्यु भने सिमापारवाट आएका आप्रवासी नै उच्च रहेको देखिन्छ ।
यता सीमा सुरक्षा बल र आइसिइ दुवैले पक्राउ परेका आप्रावासिलाई सम्मानजनक व्यवहार गरेको तथा स्वास्थ्य परीक्षणलगायत सबै सुविधा उपलब्ध गराएको दाबी गरे पनि कतिपय अधिकारकर्मीहरूले भने अधिकांश हिरासतको अवस्था नाजुक रहेको र बालबालिकालाई समेत कोचेर हिरासतमा राखिएको जनाएको छ ।
अर्कोतिर राष्ट्रपति ट्रम्पले सीमा सुरक्षामा पक्राउ परेका बालबालिकालाई दिइने शिक्षा र पक्राउ परेकाहरूलाई हिरासतमा प्रदान गरिने खाद्यन्नमा समेत कटौती गर्ने प्रस्ताव गरिसकेका छन्।







प्रतिक्रिया लेख्नुहोस्:-