काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य दुई राजनीतिक दल मिलेर संविधानको आधारभूत कुराहरु परिवर्तन गर्न खोजे त्यो आफ्नो पार्टीलाई मान्य नहुने बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले पुष्पलालको जन्म शताब्दीको अवसरमा शनिबार आयोजित प्रवचन गोष्ठीलाई सम्बोधन गर्दै संविधान सभाबाट संविधान बनिसकेपछि पनि यो संविधानका मूलभूत प्रस्तावनालाई बदल्न खोज्ने, समावेशितालाई समानुपातिकतालाई, संघीयतालाई र गणतन्त्रको प्रगतिशील पक्षलाई कमजोर पार्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनभित्र देखा परेको बताएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-