काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफू नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रयत्नरत रहने विश्वास दिलाएका छन् ।
वीर अस्पतालको १३५ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको भन्दै सबैको सहकार्यमा अघि बढिने बताएका हुन् । उनले स्वास्थ्य संस्थाको विकासका लागि आफूले निर्देशन दिने नभई सहकार्य गर्न खोजेको जिकिर गरे ।
स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी सिर्जना गर्ने र राज्यको स्रोतले भ्याएसम्म सेवा सुविधा विस्तार गर्ने उनको भनाइ छ । उनले मन्त्री, कर्मचारी वा बिभिन्न पदमा पुगेकाहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने भन्दै जनताका विषयमा कुनै सम्झौता गर्न नहुने धारणा राखे ।
प्रतिक्रिया लेख्नुहोस्:-