काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक ११३.४२अंकले बढेर २६८१.५६ विन्दुमा पुगेको छ ।
आज शेयर बजारमा उछाल आउँदा वाणिज्य बैंकिङ समूहमा पनि उछाल आएको छ । स्टान्डर्ड चार्टर्स बैंक बाहेक १९ वटा बैंकमा सकारात्मक सर्किट लागेको छ । समग्रमा पुरा बैंकिङ समूह ९.८९ प्रतिशतले बढेको छ । लामो समय देखि वाणिज्य बैंकको शेयरले राम्रो प्रफमेन्स गर्न नसकि रहेको अवस्थामा आज वाणिज्य बैंक समूह १४१.७६ अंकले बढेर १५७४.३४ विन्दुमा पुगेको छ ।
नेपाल राष्ट्र बेंकले शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले बैंकलाई लक्षित राम्रो नीतिहरू लिएको थियो । त्यसले गर्दा पनि आज बैंकिङ समूहमा उछाल आएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-