Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालमा छोरी भएर जन्मिनु नै अपराध हो ?

साउन १४, २०७७ ३:३४ मा प्रकाशित
Share on FacebookShare on Twitter


बब विनय


नेपाली समाज खुला परिवेश र त्यसका आधारभुत मूल्यमान्यताबाट निर्देशित भएर आएको हुँदै हैन । लोकाचारका लागि कतिपय इच्छा, चाहना र भावनालाई दबाएर बाच्नु र हाँस्नु पर्ने बाध्यता छँदै छ नेपाली समाजमा । जसका कारण  पीडितका हृदयविदारक दृष्य र पीडकका अमानवीय कर्तुतले नेपाली समाजलाई बेला बखत तरङ्गित बनाउने गरेको छ । किशोरी पवित्रा कार्की माथिको तेजाब आक्रमण  यसको पछिल्लो दृष्टान्त हो । 


यो अमानवीय र जघन्य अपराधलाई बिभिन्न कोणबाट हेर्न र अथ्र्याउन सकिन्छ ।  एक पछि अर्को उस्तै प्रकृतिका घटना दोहोरिनुलाई कसैले पनि सामान्य रुपमा लिने सक्ने कुरै भएन । गम्भिर प्रश्न उठ्छ  के नेपालमा छोरी भएर जन्मिनु नै अपराध हो ? छोरीहरूलाई प्रताडित गर्ने साहस अपराधिहरुमा कसरी जाग्यो ?  वा भनौँ नेपाली समाजले छोरीको महत्व बुझाउन नसके कै  हो ? के साच्चै नेपालमा हामीले लैंगिक हिंसा र विभेद रहित समाज निर्माणका लागि सामाजिक शिक्षा दिन नसकेकै हो ? सनातन देखि नै नारीलाई आदीशक्तिको रुपमा उपासना गर्ने पुर्बिय दर्शन भित्र हुर्किएका संस्कारीहरुमा यो त हुनै नहुने हो । के पारिवारिक संस्कार दिन नसकेका हौ ? यस्तै यस्तै प्रश्नले हर पल पोलिरहन्छ  । 


सर्वत्र मानिदै आएको एउटा मान्यता के हो भने मानिस अपराधी नै हुन वा भएरै जन्मिएको हुँदैन । उ आफू हुर्किएको समाज ,साथी, वातावरण भित्रबाटै गलत मनस्थिति र नकारात्मक सोचको विकास गराउँदै अपराधी बन्छ । पछिल्लो समय हाम्रो समाजमा छोराले जे जसो गरेनी वास्ता नगर्ने, दण्डित नगर्ने र छोरी चेलीलाई चै स्वतन्त्रताबाट बञ्चित गराउने प्रचलनले पनि नारीले पीडित हुनुपरेको छ । नारी माथिको अन्याय निवारणका लागि ठोस कानुन छैन । विद्यमान कानुनले अपराधको सजाए न्यायाधीशको मोलतोल र मनोमानीमा निर्भर गर्छ । 


नारी पुरुष बीचको भेद भावको पर्खाल भत्काउन कडा कानुन बनाएर सही ढङ्गले प्रयोग गर्ने  र पीडकले एक पटकको सजायबाट जीवन भर त्यसको मूल्य चुकाउनु पर्ने परिवेश निर्माण गर्नै पर्छ । नारी माथिको अत्याचार होस  वा नारी हिंसा होस,  तेस्को अन्त्य गर्नको लागि स्वोयेम नारीकै निर्णयले दिएको सजाए लागु गर्ने ब्यबस्थाले मात्र नेपालमा नारी माथिका अपराध कम हुन सक्छन् । नारी माथिका घटनालाई सुक्ष्म रुपमा अध्ययन गर्नु पर्छ । अझै गम्भीर रुपमा विश्लेषण गर्ने हो भने नारी हिंसा बढाउने कारक तत्वको नजिक पुग्न सकिन्छ ।  कतिपय अवस्थामा हाम्रा समाजिक मूल्य मान्यता र ढोंगी अभ्यासहरु बढी दोषी भेटिन्छन् ।  नारी दानबाट पुन्य कमाउने । नारीलाई प्रेम गरेर बिबाह गर्न रोक लाउने । अन्तर जातीय बिबाह अस्वीकार्य । नारीले समाजसंग सधै डराएर आफ्ना भाबना दबाएर राख्नु पर्ने बध्यता जस्ता विभेदित संस्कार र अपर्याप्त कानुनले पनि नारी हिंसा बढाई रहेको छ । महिला अधिकार , स्वतान्त्रता प्रतिशतमा हैन, नारी स्वतन्त्रता नारीले उठाएको औलोमा हुनुपर्छ । तब मात्र नारी हिंसामा केहि कमि हुन्छ  । 


नेपालमा  उमेर अनुसारको यौन, प्रजनन तथा स्वास्थ शिक्षाको राम्रो ज्ञान दिन नसक्नुले त्यसलाई ब्यबस्थापन वा मुखरित गर्ने शैली र तरतरिकाको अभावले पनि यो समस्यालाई बढाएको छ ।  यौन चाहना र आकांक्षा अरु प्राणीहरुको जस्तै सबै मानिसको बायोलोजिकल नीड हो ।  त्यसको आवेग र कुण्ठाको निवारण गर्ने शिक्षा दिन नसक्नु पनि नारी हिंसा बढ्नुमा मुख्य भूमिका छ ,राजी खुसि प्रेम गरेका युगल जोडी एक ठाउमा देखे समाजले लखेट्ने त छँदै छ कानुन पनि पछि लाग्छ । पुलिसले पक्रेर लाने बाऊ आमाको बदनाम हुने मानसिक र सामाजिक डर संगै   यौन बिछिप्तताको आवेगले निम्त्याउने घटनाले पनि नारी माथिका हिंसा झन्  तिब्र गतिमा बढी रहेको छ । 


धार्मिक, सामजिक ,संबैधानिक ,सबै बाधा अड्चनको खुलेर बहस गरे नारी हिंसा कम हुन्छ ।  नारी रजस्वला विभेद , छौपडी प्रथा , छुवाछुत प्रथा , जातीय विभेद यी सबै हाम्रा अन्धविस्वास र सस्किर्तिक बाधाले महिला हिंसा बढाएको नकार्न सकिन्न । बाह्य र आन्तरिक दुवै खाले मिश्रणबाट एउटा सर्बोपरि ब्याख्या सहितको  कानुन निर्माण गरी ,ख्याती श्रेष्ठ ,निर्मला पन्त हुन वा हाल सालै तेजाबले जलाइएकी पवित्रा कार्र्की  हुन्  वा आफ्नै पतिबाट श्रीमती मारिनु परेको होस् वा घरेलु हिंसा कामदार वा पारिवारिक हिंसा  होस ,जागिर भित्र महिला कर्मचारी माथिको मानसिक हिंसा होस् वा, अस्पताल भित्र नर्स हिंसा होस ,महिला पुलिस भित्रको हाकिम हिंसा  होस वा पब्लिक हिंसा होस् सबैको लागि हुने कानुन स्वयम पीडित महिलाले वा महिलाका परिवारले  जस्तो सजाए चाहन्छिन तेस्तै सजाए हुने कानुन बने मात्र नेपालमा महिलाले सधै आँशुमा डुब्नु पर्दैन थियो की । नारी हिम्साको अन्त्य गर्नु पर्छ । नारी आमा हुन । हरेक आमाले सम्मान पुर्बक बच्ने अधिकार र सुरक्षाको सम्बर्धन गरौ । जय नारी ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result