काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएको छ।
समिति अपरान्ह बसेको बैठकले उनको नाम सर्वसम्मतिले अस्वीकृत गरिएको सभापति पशुपति शमशेर जबराले जानकारी दिए।
बैठक बस्नुअघि नै प्रस्तावित आयुक्त प्रधानले उम्मेदवारी कायम राख्न नचाहेको भनी निवेदन दिए आफ्नो नाम फिर्ता लिइसकेका थिए ।
उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा चारवटा उजुरी परेका थिए । तीमध्ये प्रधानले यौन शोषण गरेको आरोपसहितको उजुरी पनि थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-