अमेरिका,जुलाई ३० । ट्रम्प प्रशासनले कागजपत्र विहिन आप्रावासीमाथिको पक्राउ अभियानलाई तीव्रता दिइ रहेको बेला अब परिवारका सदस्यलाई जोखिम भएको आधारमा अमेरिकामा एसाइलम गर्न नपाइने भएको छ ।
आफ्नो देशमा परिवारका सदस्यलाई कसैले धम्काएकै आधारमा अमेरिकामा असाइलम गर्न नसकिने फैसला महान्यायाधिक्ता कार्यलयले गरेको छ । महान्यायाधिवक्ता विलियम बारले सामान्य डर र धम्कि पाएकै भरमा अमेरिकाले एसाइलीकोरुपमा स्विकार गर्न नसकिने वताएका छन् ।
यद्यपि यूएससिआइएसका अनुसार राजनैतीक, सांस्कृतीक, धार्मिकलगायत कसैले डर वा धम्कि दिएमा पाविारिक सुरक्षाको निम्ति अमेरिकामा एइसाइलाम गर्न पाउने प्रावधान छ । महान्यायाधिवक्ता बारले बोर्ड अफ इमिग्रेशन अपिलको निर्णयलाई उल्टाउँदै यस्तो फैसला गरेका हुन् ।
कतिपय अधिकारकर्मीले यो निर्णय विशेषत सिमाना मार्फत अमेरिका प्रवेश गर्ने उत्तर र दक्षिण अमेरिकी आप्रवासी प्रति लक्षित रहेको वताएका छन् । ती दुवै महादेशमा अधिकांस सर्वसाधरण लागुऔषध कारोवारिहरुवाट प्रताडित छन् ।
महान्यायाधिवक्ताको नयाँ फैसलाले नेपाली समुहदायका व्यक्ति र उनका परिवार समेत प्रभावित हुने छन् । ठूलो संख्यामा नेपाली एसाइलमको सुनुवाइ प्रकृयामा छन ।
महिना अघि मात्रै सिमानावाट अमेरिका प्रवेश गर्न चाहने आप्रवासीले वाटैमा पर्ने कुनै पनि देशमा मात्र एसाइलम फाइल गर्न सक्ने आदेश जारि गरेपनि राष्ट्रपतिको उत्त आदेशलाई क्यालिफोर्निया र वासिङटनको डिक्ट्रिक कोर्टले खारेज गरिदिएको छ । राष्ट्रपतिले भने अदालतको उत्त निर्णयमाथि अपिल गर्ने जनाएका छन् ।
एजेन्सीको सहयोगमा







प्रतिक्रिया लेख्नुहोस्:-