काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका काममा कुनै ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् ।
मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सबै सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
उनले मन्त्रालयमा कतिपय समितिहरू बन्ने तर ती समितिहरूले काम नगर्ने प्रवृत्तिको अन्त्य गर्न निर्देशन दिए । ‘समितिहरू बन्छन्, त्यसमा ५र६ जना सचिव र सहसचिव रहन्छन् तर त्यहाँ काम हुँदैन’, उनले भने, ‘मन्त्रीले सचिवलाई वा क–कसलाई अधिकार दिनुपर्छ अधिकार प्रत्यायोजन गर्ने, देश र जनताको हितको पक्षमा संविधान अनुसार काम गर्ने ।’
प्रतिक्रिया लेख्नुहोस्:-