अमेरिका, जुलाई ३० । आइसिइले अध्यागमन अदालतवाट देश फिर्तीको फैसला पाइसकेर पनि चर्च लगायत समुदायद्धारा संरक्षितकागजपत्रविहिन आप्रावासीहरुको जरिवाना शुल्क वढाउदै लैजाने वताएको छ ।
कतिपय कागजपत्रविहिन आप्रावासीहरूलाई पटक–पटक ताकेता गर्दापनि चर्चहरुले संरक्षण गरेको वताउदै उनीहरुले जरिवाना तिर्ने पर्ने आइसिइले जनाएको छ । पछिल्लो पटक आइसिइले धरपकडलाई तिव्र वनाएपछि पक्राउको फैसला पाएका कतीपय ल्याटिन अमेरिकीमूलका आप्रवासिहरु चर्चको आश्रयमा पुगेका छन ।
आइसिइले त्यस्ता आप्रावासिहरुलाई चर्चमा नै गएर जरिवानासहितको पत्र थमौती गरेको छ । जसमध्ये गतवर्ष नै अदालतवाट देश छोड्न आदेश पाएका र हाल भर्जीनियाको एक स्थानिय मेथोडिष्ट चर्चमा आश्रय लिइरहेका ग्याटेमालाका नागरिक चावलान सउलाई २ लाख १४ हजार १ सय ३२ डलरको जरिवाना
थमाएको छ ।
यस्तै वर्षदिन अघि नै ओहयोस्थित एक चर्चमा नै संरक्षण पाइरहेका म्येक्सिकन नागरिक अल्भारोहरेरलाई पनि २ लाख ९५ हजार ६ सय तीस डलरको जरिवाना पत्र थमौती गरेको छ ।
भर्जीनियाको रिचमोण्ड चर्चमा आश्रय लिइरहेका स्पानियोल मोरिनोलाई पनि ४ लाख ९७ हजार ७ सय ७७ डलरको जरिवाना पत्र पठाएको छ ।
लुथरियन इमिग्रेसन एवं रियूजी सर्भीका सिइओ क्रिस ओमारका अनुसार आइसिइले छापा मार्न सुरु गरेपछि ठुलो संख्खामा रहेका कागजपत्रविहिन आप्रवासिहरुले पक्राउ पर्नवाट जोगिन चर्चलाई अस्थायी शिविरकोरुपमा प्रयोग गरिएका छन् ।
आइसिइले हालसम्म चर्चहरुमा खासै धरपकड गरेको छैन । जरिवाना पत्र प्राप्त गरेकाहरूले समाचार एजेन्सि एपिसँगको संवादमा आफूहरुलाई देश निकाला गरे सुरक्षाको खतरा वढ्ने भन्दै अमेरिका छोड्न नसक्ने वताएका छन ।
आइसिइका प्रवत्ता करेसा कटेलले जरिवाना पाएका आप्रावासिहरु अदालतले तोकेको समयमा उपस्थित नभएकै कारण उनीहरुलाई न्यायधिशले देश निकालाको आदेश दिएको वताए ।
प्रवत्ता कटेलले अदालतको आदेशलाई वेवास्ता गर्नेहरुलाई दैनिक ७ सय ९९ डलरका दरले जरिवानाको तीर्नु पर्ने आइसिइको प्रावधान रहेको वताए ।
अध्यागमन अधिकारकर्मीहरुले भने आइसिइले जरिवानावाट ती आप्रावासिहरुमा मनोवैज्ञानिक दवाव दिएको आरोप लगाएका छन ।
आइसिइले जुन महिना यता अदालतवाट देश फिर्ताको आदेश पाएका कम्तिमा एक दर्जन आप्रवासिलाई जरिवानासहितको पत्र पठाएको वताएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-