काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ उनले सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।उनी आजै अर्थमन्त्रीमा नियुक्त भएका थिए ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि उनले गएको असार २२ गते पदबाट राजीनामा दिएका थिए । उनीबारे छानबिन गर्न संसदीय छानबिन समिति बनेको थियो । तर, संसदीय छानबिन समितिले उनलाई निर्दोष सावित गरेपछि उनी फेरि अर्थमन्त्री बनेका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-