काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफूले आर्जन गरेको ज्ञान र सीप जनताको हितमा समर्पित गर्नुपर्ने बताएका छन् ।
डा।डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय विकास समितिद्वारा बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आर्जन गरेको अनुभव, ज्ञान, सीप, क्षमता र योग्यता देश र जनताको सर्वोत्तम हितका लागि केन्द्रित र समर्पित गर्नुपर्ने बताए ।
उनले सुशासन, विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिबद्धता हुनुपर्ने बताए । राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गरेका डा। रेग्मीको व्यक्तित्व बहु आयामिक भएको चर्चा गरे।
प्रतिक्रिया लेख्नुहोस्:-