काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने बताएका छन् ।
मन्त्री पौडेलले बुधबार ललितपुरमा प्रकाश काफ्लेको ३२ औँ स्मृति दिवस एवं ३० औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री पौडेलले मानव अधिकार आन्दोलन निरन्तर जारी रहने बताए । उनले परिस्थितिअनुकुल मानव अधिकारका एजेण्डाहरुलाई अघि बढाउने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-