दुरबिन नेपाल, न्युयोर्क
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले २६ औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ । नेपाल, पोेर्चुगल, अमेरिका र क्यानाडा लगायतका मुलुकबाट जनजाती अभियन्ताहरुको सहभागिता रहेको बृहत अन्तरक्रियामा जनजाती अभियन्ता तथा प्राध्यापक महेन्द्र लावतीले कार्यपत्र पेश गरेका थिए । लावतीले जातीय अहंकार र पुरातनवादी सोचका कारण नेपालमा एकल जातीको दवदवाका कारण क्षमता भइकनपनि आदिवासी जनजातीलाई पछाडी पारिएको तर अब आदिवासी जनजातीहरु जागरुक भइसकेकोले नेपालमा एकल जातीय सोच हावी हुन नसक्ने दावी गरेका थिए । अमेरिकाको मिचिगन विश्वविद्यालयका प्राध्यापक समेत रहेका लावतीले आदिवासी जनजाती आन्दोलनका चुनौतीहरु विषयमा पेश गरेको कार्यपत्रमाथी जनजाती अभियन्ता गोविन्द कैलाश राईले टिप्पणी गरेका थिए । टिप्पणीकारहरुले अझैपनि कतिपय मुद्धाहरुलाई जनतामाझ लैजान जनजाती नेताहरु असफल भएको गुनासो गरेका थिए । अमेरिकामा रहेका आदिवासी जनजातीसंग सम्बन्धि विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको उपश्थिती रहेको कार्यक्रमको दुरबिन नेपाल लगायतका संचारमाध्यमले प्रत्यक्ष प्रशारण समेत गरेका थिए ।
महासचिव नरेन्द्र थापाले सञ्चालन गरेको कार्यक्रममा फिप्नाका अध्यक्ष लोक चेम्जोङले अध्यक्षता गरेका थिए । अध्यक्ष चेम्जोङले फिप्नाको अन्तरक्रियामा सहभागीप्रति आभार व्यक्त गरेका थिए । कार्यक्रमका सहभागिमध्ये अधिकांशले आदिवासी जनजाती अभियानलाई शसक्त बनाउनुपर्नेमा जोड दिएका थिए । फिप्नाले अगष्ट ९ तारिखका दिनपनि शुभकामना आदानप्रदान गर्ने जनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-