दूरबिन नेपाल
अमेरिका । अमेरिकावासी नेपालीको सबै भन्दा पुरानो मध्येको एक एशोसियसन अफ नेपालीज इन अमेरिका एएनएले रिक्त रहेका कार्यसमिति र सल्लाहकार समितिमा विभिन्न पेशा र क्षेत्रका विशिष्ट ब्यक्तिहरूलाई मनोनयन गरेको छ । एएनए अध्यक्ष खगेन्द्र अधिकारीद्वारा शुक्रबार जारी विज्ञप्तिमा जुलाई २६ गते बसेको कार्यसमिति बैठकले मनोनित ब्यक्तिहरूको नामलाई अनुमोदन गरेको उल्लेख छ ।
कार्यसमितिको रिक्त पदमा मनोनित हुनेहरूमा बरिष्ठ उपाध्यक्षमा मुकुन्द ढुङ्गाना, पश्चिम क्षेत्रको उपाध्यक्षमा डाक्टर दुर्गा दाहाल, पूर्व क्षेत्रको उपाध्यक्षमा विजय श्रेष्ठ, सन्चार निर्देशकमा लक्ष्मण प्रधान र सहसचिवमा शैलेन्द्र केसी रहनु भएको छ । संस्थाले लक्ष्मण प्रधानलाई संस्थाको प्रवक्ताको जिम्मेवारी पनि दिएको छ ।
त्यस्तै एएनएले सल्लाहकार समितिमा कानुन व्यवसायी बासु फुलारा, वन्दिता शर्मा दाहाल, योगेन्द्र जोन्छे र मगन देवी श्रेष्ठलाई मनोनित गरेको जनाएको छ ।
एएनए केही समय अगाडि सम्म अमेरिकामा रहेका नेपाली संघ संस्थामा सबै भन्दा शसक्त र प्रभावशाली मानिन्थ्यो । सन् १९८३ पछि यो संस्थामा अमेरिकामा विधिवत ढङ्गले सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-