जाङ्बु शेर्पा, टेक्सस,अगष्ट ३
अमेरिका र मेक्सिकोको सिमानामा रहेको एउटा ठुलो सहर इलपासोको व्यस्त सिलोभिष्ट मलमा एक बन्दुकधारीले आज अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा १८ जनाको मृत्यु जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको निम्ति युर्निभसिटि अफ मेडिकल सेन्टरमा पठाइएको छ । घाइतेहरूको अवस्था बारे अहिलेसम्म केही खुलाइएको छैन ।
घटना बिहान करिब ११ बजेतिर घटेको थियो । मलमा रहेको वालमार्ट नजिकै भएको घटनामा संलग्न बन्दुकदारीलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटना एक स्वेत वन्दुकधारीले घटाएको बताइएको छ ।
मेक्सिकोको सिमानासँग जोडिएको इलपासो पश्चिम टेक्ससको सबैभन्दा ठुलो सहर हो । घटनाप पश्चात् सन २०२० निम्ति अमेरिकी राष्ट्रपतिको उम्मेदवार बेटो ओरीकीले घटनास्थलको निरीक्षण गरेका छन् । हतियारको गलत प्रयोगको कारण एक वर्षमा ४० हजार भन्दा बढिले ज्यान गुमाइसकेका छन् ।
अप्रत्याशित घटनाप्रति वालमार्टले सामाजिक सञ्जाल ट्विटमार्फत दुख व्यक्त गरेको । एक हप्ता अघि मात्रै क्यालिफोर्नियाको गिलरोय गार्लीक फेस्टिवलमा बन्दुकधारीले गोली चलाउँदा तीन जनाको ज्यान गएको थियो भने एक दर्जन बढी घाइते भएका थिए ।








प्रतिक्रिया लेख्नुहोस्:-