Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेजा’लाई काउन्टर दिन ‘इन्जा’?

साउन १९, २०७५ १२:०० मा प्रकाशित
नेजा’लाई काउन्टर दिन ‘इन्जा’?
Share on FacebookShare on Twitter

–सुजन पण्डित

अमेरिका, अगष्ट ३

नेपाल अमेरिका पत्रकार संघ (नेजा) का संस्थापक कोषाध्यक्ष र निवर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका गुणराज लुईंटेलको अध्यक्षतामा नेपालीमूलकै पत्रकारहरुको अर्को संस्था अमेरिकी राजधानी शहर वाशिंगटन डिसीबाट हालै सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा) नाम दिइएको नवगठित संस्था अमेरिकाको संघीय र राज्य सरकारमा दर्ता भएको जानकारी प्राप्त भएको छ।अमेरिकाको भर्जिनियाको फेयरफ्याक्समा अगष्ट १, २०१८ मा आयोजित कार्यक्रमबाट संस्थाको स्थापना भएको जानकारी नवगठित इन्जाका अध्यक्ष गुणराज लुईंटेलले दूरबिन नेपाललाई गराएका छन्। लुईटेलका अनुसार संसारभर छरिएर रहेका नेपालीमूल र नेपालीभाषी पत्रकार एवं सञ्चारकर्मीहरुलाई एकताबद्द गर्ने उद्देश्यले इन्जाको गठन भएको हो। 

यस अतिरिक्त नयाँ र प्रतिभावान युवाहरुलाई पत्रकारिता पेशामा आकर्षण गराउने गतिविधि गर्ने र नेपालीमुलका पत्रकारहरु सक्रिय मुलुकका मुलधारका सञ्चार माध्यमहरु लगाएत पत्रकारिता क्षेत्रका राष्ट्रिय र अन्तराष्ट्रिय संघ-सँस्थाहरुसंग सम्पर्क समन्वयका लागि समेत आवश्यक पहल गर्ने उद्धेश्य लिएको नवगठित इन्जाका अध्यक्ष लुईंटेलले बताए। कुनै संस्था फुटेर नयाँ संस्था स्थापना गरिएको नभएर यो बिशुद्ध नेपाली पत्रकारितालाई ब्यवसायिक रूपले अगाडि बढाउन पत्रकारको क्षमता, स्तर र अनुभवलाई अन्तर्राष्ट्रियकरण गर्दै नेपाल र नेपालीहरुको हितमा काम गर्न ‘ईन्जा’ को स्थापना भएको अध्यक्ष लुईँटेलले जानकारी दिए।

नेपालीहरु पद नपाएपछि समानान्तर नयाँ संस्था जन्माउँदै पद वितरणमा लाग्छन् भन्छन् नि  भन्ने दूरबिन नेपालको प्रश्नमा लुईंटेलको जवाफ थियो -“यो नेजा वा कुनै संस्थाको प्यारालल वा प्रतिष्पर्धी होइन, बरु सहयोगी संस्था हो, र यो कुनै संस्था फुटेको पनि होइन”। केही अनौठा र असान्दर्भिक लाग्ने पद वितरणका सम्वन्धमा उनको प्रतिक्रिया थियो- “हामीले विधानको मोडेल अनुसार संस्थाका पद सृर्जना गरेका छौं । नयाँ काम गर्दा केही कुरा नबुझिनु, चर्चा हुनु स्वभाविक हो । तर समाजका जोसुकैबाट आएका राम्रा सुझाव मननीय छन्”। केही पदाधिकारी/सल्लाहकारहरु बनाइएका व्यक्तिहरुको सहमति नलिइएको वा पत्रकारितामा कहिल्यै नलागेकाहरुलाई पनि समितिमा राखेको भन्ने पनि सुनियो, के त्यस्तै भएको हो? 

जुलाई महिनाको तेश्रो साता सियाटलमा सम्पन्न नेजाको छैठौं अधिवेशनबाट नयाँ नेतृत्व आएको हप्ता दिन पछि नै नेजाकै निवर्तमान कार्यसमितिको उपाध्यक्षबाट निर्वाचनको केही समय अघि मात्र राजिनामा दिएका गुणराज लुईँटेलले बिबिध कारणले नेजासंग असहमत भएकाहरुको समूहको नेतृत्व गर्दै अन्तराष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा) नामक संस्था बनाएको भन्दै नेजाका वर्तमान र पूर्व पधाधिकारीहरुले भने तिब्र असन्तुष्टि देखाएका छन्। 

नेजाको संस्थापक कोषाध्यक्ष भैसकेका र निवर्तमान कार्यसमितिमा दुई बर्ष उपाध्यक्ष पदमा बिताएका लुईंटेल अध्यक्षको आकांक्षी थिए र नेजाको निर्वाचन पूर्व करीब छ महिना त आफ्नो निर्वाचन अभियान नै चलाएका थिए। नेजामा अध्यक्ष हुनसक्ने वातावरण नदेखे लगत्तै उनले अधिवेशन घोषणा भैसकेपछि एकाएक राजिनामा दिए र नेजालाई नै ‘काउण्टर’ दिने शैलीमा नयाँ संस्था जन्माए। नेपाल देखि नै पद र प्रतिष्ठाका आकांक्षीहरुको एउटा समूह जहिल्यै प्रवासमा पनि त्यही पदको लोभले नेपाली समुदायलाई बिभक्त बनाउने र आफ्ना केही शुभचिन्तकहरुको समर्थनबाट नयाँ संस्था बनाउँदै अध्यक्ष बन्ने होड् नै चलेको छ। त्यसैको एउटा नयाँ प्रयोग इन्जा गठनमा पनि भएको धेरैको प्रतिक्रिया छ। 

इन्जा गठनको समाचार बाहिर आएसंगै अमेरिकामा पत्रकारहरुको एउटै साझा संस्था हुनु पर्छ भन्नेहरु सबैले संस्था टुक्य्राउने लुईंटेल समूहको कार्यप्रति असन्तुष्टी व्यक्त गरेका छन्। 

नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेलका बिचारमा अमेरिकामा नयाँ संस्था खोल्नु खासै ठूलो कुरा होइन। “साथीहरुको अध्यक्ष हुने रहरले नयाँ संस्था खोले जस्तो लाग्छ”, संस्थापक अध्यक्ष पोखरेलको टिप्पणी थियो। “एउटै संस्थामा बस्दा-बस्दा दिक्क लागेर नयाँ संस्था खोलौं, नेजामा अध्यक्ष हुन नपाए पनि यता भै हालौं भन्ने भएको हुनु पर्छ”, पोखरेलको थप प्रतिक्रिया थियो। “केही साथीहरुलाई पद नभइ बस्नै नसक्ने समस्या छ”, त्यसैको प्रतिफल हो इन्जा”, पोखरेलले दूरबिन नेपालसंगको छोटो कुराकानीमा बताए। ट्वीटरमा निकै सक्रीय मध्येका अग्रज पत्रकार पोखरेलले इन्जा गठनका बारेमा ट्विटरमा यस्तो लेख्न भ्याएका छन्- ‘नेजा’ भन्ने संस्था साथीहरूलाई अली सानो भयो रे, संसारभरका नेपाली पत्रकारहरूको हकहितको लागि लड्न सक्ने अन्तराष्ट्रिय संस्था खोल्नु भएको रे भन्ने जानकारी पा हुँ ! एउटा संस्थामा बस्दा बस्दा दिक्क लाग्या हुनसक्छ साथीहरूलाई 🙂 जयहोस् भन्नुबाहेक थप टिप्पणी केही नगरौं ।”

यसैबीच नेजाका अर्का अग्रज पूर्व अध्यक्ष आङछिरिङ शेर्पाका बिचार पनि इन्जा गठन हुनुमा केही व्यक्तिहरुको पद प्राप्तिको आशक्तिले काम गरेको भन्ने नै छ। पूर्व अध्यक्ष शेर्पाले दूरबिन नेपालसंगको कुराकानीमा भने- “पदकै लागि, अध्यक्ष हुनकै लागि नयाँ संस्था खोलेको हो। नत्र पत्रकारका लागि काम गर्न भन्दै यति स्थापित भैसकेको नेजा हुँदा हुँदै किन नयाँ संस्था खोल्नु पय्रो? संस्थापक मध्ये कै एक, उपाध्यक्ष भै सकेको मान्छेले किन नयाँ संस्था बनाउनु पय्रो? संस्था भित्रको कुरा संस्था भित्र गर्ने हो, संस्थालाई आफ्नो बिचारमा सहमत हुन सघाउने हो, यसरी नेतृत्वमा पुग्ने संभावना नदेख्ने बित्तिकै नयाँ संस्था खोल्दै हिंड्नु कुनै पनि मानेमा जायज होइन। “यो त  घरबाट निस्केर गोठ बनाएर बसे जस्तै अपरिपक्क र केटाकेटी पारा भयो”, पूर्व अध्यक्ष शेर्पाको तर्क थियो।

“पदको आकांक्षा पूर्ति हुने स्थिति नदेखे लगत्तै अन्तराष्ट्रिय नाम थपेरै भए पनि अमेरिका बाहेकका देशहरुबाट समेत सदस्यहरु बनाएको देखाएर पत्रकारहरुकै नयाँ संस्था जन्माउने लुईंटेल समूहको कार्य नेपालीहरुलाई प्रवासमा बिभक्त पार्ने र पदको आत्मरतीमा रमाउने एकांकी काम मात्र हो”, अमेरिकी शहर ह्युस्टनमा रहेका बरिष्ठ पत्रकार तारा बरालको प्रतिक्रिया छ। “नेजाकै सदस्यहरुको बाहुल्यता रहेको र नेजाको हालैको अधिवेशनमा सहभागी नभएकाहरुको अगुवाईमा नै नयाँ संस्था जन्मिनु भनेको उनीहरुले कुनै संस्थालाई फुटाउन नयाँ संस्था बनाएको होइन भनेपनि नियोजित रुपमै नयाँ संस्था बनाएको प्रष्ट हुन्छ”, इन्जा गठन प्रति असन्तुष्ट अग्रज पत्रकार बरालको प्रतिक्रिया थियो। 

यसैबीच अमेरिकी पश्चिम तटीय शहर लसएन्जलसमा रहेका अग्रज पत्रकार राजेश मिश्रले फेसबुक स्ट्याटस नै लेखेर नयाँ संस्था जन्माउने कामलाई ‘भ्यागुतोको धार्नी’ भन्दै व्यंग गरेका छन्। उनले आफ्नो स्ट्याटसमा यस्तो लेखेका छन्- ‘नेजा अधिवेशनको मुखैमा राजिनामा दिने उपसभापति गुणराज लुइटेलको अग्रसरतामा नेजाको सौता संस्था ”इन्जा” को औपचारिक गठन ! यो  नेपाली शीर उचाली…. कट्टु फुकाली!’।

“भागशान्तिमा पद बाँड्दै हिंड्ने र पद आकाँक्षीहरुलाई समेट्ने प्रयास गठन कै दिनबाट नवगठित ‘इन्जा’ले देखाएको उसले बाँडेको पदहरुले प्रष्ट पारेको छ।”, नाम उल्लेख गर्न नमानेका एकजना नेजाका पूर्व पधाधिकारीको दूरबिन नेपालसंगको प्रतिक्रिया थियो।

इन्जा गठन कै सन्दर्भमा नेजाका निवर्तमान अध्यक्ष भोला आचार्यले पनि फेसबुक स्ट्याटस मार्फत नै लुईंटेलको कदमको आलोचना गरेका छन्। आचार्यले आफ्नो स्ट्याटसमा लुईंटेललाई शुभकामना दिएपनि नयाँ संस्था बनाउने कामलाई सही नभएको भनेका छन्। निवर्तमान अध्यक्ष आचार्यले दूरबिन नेपालले उनकै नेतृत्वको नेजाको कार्यसमितिका निवर्तमान उपाध्यक्षकै अध्यक्षतामा इन्जा गठन हुनुलाई के भन्नुहुन्छ भन्ने प्रश्नमा भने- “लुईंटेलजीको कदम सही छैन, प्रवासमा नेपाली पत्रकारिता क्षेत्रमा केही गर्छु, नेतृत्व क्षमता देखाउँछु भन्नेहरुका लागि त नेजा नै छँदै छ नि, फेरी किन चाहियो नयाँ संस्था? “गुणराजजीले जे देखाउन वा गर्न सक्थे सबै नेजामा हुँदै गरिसके, केही गर्न सक्थे भनेपनि नेजा मै रहेर गर्न सक्थे। तर अब इन्जामा उनले केही गर्न सक्ने संभावना निकै कम छ।” जे तर्क दिएपनि उनीहरुले आफैंले जन्माएको संस्थालाई कमजोर बनाउने काम नै गरेको आचार्यको तर्क छ। “दुईबर्ष अघि लसएन्जलस अधिवेशनमा पद हत्याउन नसकेका साथीहरुले सर्वसम्मत नेतृत्वलाई सघाउनुको साटो दुईबर्ष भरि नै नेजाका खिलाफ लेख्ने र नेजाकै विकल्पमा नेपाल पत्रकार महासंघको अमेरिकी शाखा खोल्न गरेको नेजा बिरोधी क्रियाकलाप कै पुनरावृत्ति हो लुईंटेलजीको नयाँ संस्था गठन”, निवर्तमान नेजा अध्यक्षको तर्क छ। 

नेजाका पूर्व अध्यक्ष गौतम दाहाल पनि इन्जा गठनप्रति असहमत देखिएका छन्। दाहालको प्रतिक्रिया छ- “लुईंटेल जस्तो संस्थापक कोषाध्यक्ष र निवर्तमान कार्यसमितिका उपाध्यक्ष भैसकेका व्यक्तिले नेजालाई टुक्र्याउने र नेजाकै समानान्तर लाग्ने संस्था बनाउनु भनेको सुहाउने काम होइन, उनको काम आपत्तीजनक छ। यसखाले क्रियाकलापले प्रवासको नेपाली समुदायको हित गर्दैन र सकारात्मक सन्देश पनि जाँदैन।” नेपालीमूलका पत्रकारहरुको १२ बर्षे पुरानो संस्था ‘नेजा’छँदा-छँदै आफू पदमा रहँदा ठीक पदमा नरहने वा रहन नपाउने अवस्था आउने बित्तिकै त्यही संस्था बेठीक भन्ने सोच र प्रवृत्ति नै गलत भएको दाहालको भनाई छ।  

“लुईंटेल नै उपाध्यक्ष रहेको नेजाले पूर्व अध्यक्षका हैसियतले विधानत हुन पाउने सल्लाहकारमा मनोनयन नगरेर बैधानिक अपमान गर्दा समेत मैले आफैं सदस्य भएको संस्थाको खिलाफ कुनै गतिविधि गरिन, नेजाका बिरुद्ध कहीं-कतै बोलिन, लेखिन”, पूर्व अध्यक्ष दाहालको भनाई छ। 

लुईंटेल कार्यसमितिमा भएका केही सदस्यहरु र सल्लाहकारहरुले आफ्नो सहमति बेगर नै समितिमा राखेको प्रतिक्रिया सुनेका दाहालले लुईंटेल सहित नवगठित इन्जामा नाम आएका अधिकाँशहरुले नेजाको सदस्यता नत्याग्दै नयाँ संगठन गठन गरेकोमा पनि आपत्ति प्रकट गरेका छन्।  

यसैबीच नेजाको सियाटलमा सम्पन्न अधिवेशनबाट सर्वसम्मत अध्यक्ष चुनिएका सुदिप पन्तको बिचारमा संस्था खोल्न सबै व्यक्ति स्वतन्त्र छन् तर कुन उद्देश्यले र किन खोल्ने भन्ने चाहीं महत्वपूर्ण कुरा हो भनेका छन्। “कसले, कहाँ, कुन संस्था खोल्छ भन्ने तिर चिन्तित हुनु भन्दा नेजाले गर्नुपर्ने कामहरुलाई ध्यान दिने हाम्रो अहिलेको प्राथमिकता हो। सँस्था सबल, सक्षम, पारदर्शी र बिबाद रहित बनाउन सकियो भने चित्त नबुझेर बाहिरिएका र निष्क्रिय भएका सबै साथीहरु स्वत: नेजा मै गोलबद्ध हुन आउनुहुन्छ भन्ने मेरो विश्वास छ।”, नवनिर्वाचित अध्यक्ष पन्तको तर्क छ। नेपाली समुदायलाई फुटेर, छिन्नभिन्न भएर होइन जुटेर सहयोग गर्न सकिने नेजा अध्यक्ष पन्तको भनाई रहेको छ।  

इन्जा गठनका सन्दर्भमा नेजाका निवर्तमान महासचिव तोया दाहालको तर्क भने यस्तो छ- “ नेजा अधिवेशनको केही अघिसम्म नेतृत्वकालागि हुने दौडधुपपछि अकांक्षिहरु नेजावाट बाहिरिने, असहयोग गर्ने, तिरस्कार गर्ने वा कुनै आवरणमा संस्थानै खोलेर जाने घटना पहिला पनि भएका हुन् र यो पछिल्लो घटना उदाहरण मात्र हो । अझ संस्थापक साथीहरूले त नेतृत्वमा नपुगे पनि नेजालाई सबै पत्रकारको साझा चौतारी हो भन्ने अनुभूति गराउने तत्परता देखाउनु पर्ने थियो । तार्किक असहमति र स्वस्थ आलोचनाले नेजालाई थप सबल, सक्षम, गतिशील र जिम्मेवार बनाउनेछ । चाहेजस्तो नहुँदैमा अलग भएर होइन संवाद र बहसबाटै सहमति खोजौँ । थोरै संख्यामा रहेका हामी नेपाली पत्रकारहरू पनि पद र नीहित स्वार्थका लागि झुन्ड बनाउँदै अलग हुँदा प्रवासी नेपालीबीचमा राम्रो सन्देश जाने छैन।”

सामाजिक संजालहरुमा इन्जा गठनलाई लिएर निकै तर्क-बितर्क भएको देखिन्छ। यसैबीच साहित्यकार एवं संचारकर्मी बिटु केसीले आफ्नो फेसबुक वालमा लेखिन्-‘नेपाली हामी कहिल्यै नसुध्रने भयौं। नेपाल अमेरिका पत्रकार संघ (नेजाको) एउटा जमात चोइटिएर इन्जा भएछ । कठै !’

 

लुईंटेलको अध्यक्षतामा गठित इन्जामा सुनिल मणि दाहाल, बिष्णु शितल सहित अस्ट्रेलियाबाट मन ऋषि धिताल, युरोपबाट अनुराधा पौडेल र क्यानडाबाट किस्मत भण्डारी लगाएतको संलग्नता रहेको जनाइएको छ। नेजाका सल्लाहकार एवं वरिष्ठ पत्रकार योगेश उपाध्याय समेतलाई बोर्ड अफ ट्रष्टीमा राखेर गठन भएको इन्जामा अमेरिकाबाट समावेश सदस्यहरु अधिकाँश अहिले पनि नेजाको सदस्य रहेकाहरु नै देखिन्छन्। नेजाका वर्तमान सल्लाहकार उपाध्यायको प्रतिक्रिया लिने दूरबिन नेपालको प्रयास भने सफल हुन सकेन। 

फिचर फोटो: सेतोपाटीबाट

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result