Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा फेरि गाेली चल्यो, ओहायोमा ९ को निधन

साउन १९, २०७६ १:१७ मा प्रकाशित
अमेरिकामा फेरि गाेली चल्यो, ओहायोमा ९ को निधन
Share on FacebookShare on Twitter

वासिङ्टन, १९ साउन । सिङ्गो अमेरिकालाई नै स्तव्ध बनाउने गरि २४ घण्टा भित्र भएका दुई गाेली काण्डका कारण २९ जनाले ज्यान गुमाएका छन् । टेक्सासको त्रासादी सेलाउन नपाउदै आइतवार विहान ओहायो राज्यमा अर्को गाेली काण्ड भएको छ । ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ । गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

 

अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो ।   टेक्सास राज्यको एल पासोस्थित एक व्यस्त वाल्मार्ट सपिङ मलमा एक युवाले चलाएको गोली लागेर २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

उक्त गोलीकान्डमा अरु २६ जना सख्त घाइते भएका छन् । गोली चलेका बखत उक्त सपिङ मलमा अन्दाजी तीन हजार मानिस भेला भएका थिए । नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा आफ्ना स्कुले केटाकेटी लिएर शनिबार ठूलो संख्यामा अभिभावकहरु मलमा जम्मा भएका थिए ।

 

प्रहरीले गोली चलाउने संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । ती व्यक्तिले घटना हुनुअघि फेसबुकमा राखेको सन्देशमा आफूलाई आप्रवासी अमेरिकीप्रति घृणा रहेको बताएका थिए ।

 

 

एस पासोका प्रहरी प्रमुख ग्रेग अलेनले वाल्मार्ट बाहिर ती संदिग्ध व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको बताउनुभयो । मेक्सिको सीमाबाट करिब ८ किलोमिटर भित्र उक्त वाल्मार्टको सपिङ मल रहेको थियो ।

 

एसोसिएटेड प्रेससँग कुरा गर्दै स्थानीय अधिकारीहरुले गोली चलाउने व्यक्ति २१ वर्षीय प्याट्रिक क्रुसिएस रहेको बताएका छन् । तर एल पासो प्रहरीले ती व्यक्तिको नाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन । उनी अर्को अमेरिकी राज्य डल्लासबाट त्यहाँ आएको बताइएको छ ।

 

प्रहरीका अनुसार वाल्मार्टभित्र रहेका व्यक्तिहरु सबैभन्दा बढी पीडित भएका छन् । प्रहरी प्रमुख अलेनले भन्नुभयो, “यहाँको दृश्य अति नै भयावह छ ।” उहाँले गोली लागेका अरु २६ जनाको स्वास्थ्य अवस्था पनि निकै गम्भीर रहेको जानकारी दिनुभयो ।

 

प्रहरीले घाइतेहरुका लागि रगतको अभाव रहेको सूचना सार्वजनिक गर्नु परेको थियो । प्रहरी र सेनाले तनाबमा रहेका नागरिकलाई सान्त्वना दिन प्रयास गरेका थिए ।

 

“अहिले यहाँको वातावरण आतंकित गर्ने किसिमको छ,” सैनिक स्वास्थ्यकर्मी अस्टिन जोन्सनले बताउनुभयो । वाल्मार्टको महिलाको लत्ताकपडा किन्ने ठाउँमा दुई बच्चासँग रहेकी ३९ वर्षीया एड्रियाना क्वुजेदाले भन्नुभयो, “निरन्तर हिर्काएको आवाज आइरहेको थियो, मानौं कुनै निर्माणको कार्य भइरहेको थियो ।”

 

 

उहाँका १९ वर्षीया छोरी र १६ वर्षीय छोरा दुबै जना भुइँमा सुतेका थिए । त्यसपछि उनीहरु दुबै आपतकालीन ढोकाबाट बाहिर भागेका थिए । क्वुजेदाले भन्नुभयो, भाग्यवश दुबै जना सकुशल बाहिर निस्किए । उहाँले कालो कपडा लगाएका चार व्यक्तिले जथाभावी गोली चलाएको बताउनुभयो । तर प्रहरीले घटनामा एक व्यक्ति मात्र रहेको बताएको छ ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भगवान तपाइँहरुको साथमा हुनुहुन्छ भन्नुभएको छ । घटनाप्रति डेमोक्र्याट पार्टीका सबैजसो नेताहरुले एल पासो गोलीकान्ड अमेरिकी इतिहासकै कालोधब्बा भन्दै अमेरिकी बन्दुक कानुनमा तत्काल संशोधन गर्नुपर्ने आवाज उठाएका छन् ।

 

एल पासोका मेयर डी मार्गोले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताउनुभएको छ । संदिग्ध व्यक्ति क्रुसियसले फेसबुकमा लेखेको भनिएको सन्देशको पनि छानबिन भइरहेको मेयर मार्गोले जानकारी दिनुभयो । उक्त सन्देशमा हिस्पानिक समुदायका व्यक्तिहरु अमेरिकामा ठूलो संख्यामा आप्रवासीका रुपमा प्रवेश गरेकोप्रति रोष प्रकट गरिएको छ । सन्देशमा हिस्पानिक समुदायका कारण आगामी राष्ट्रपतीय चुनावमा टेक्सास राज्य डेमोक्र्याट पार्टीको पोल्टामा पुग्ने पनि जनाइएको छ ।

 

 

सन् २००६ यता ११ पटक ठूलो जनसमुदायमाथि बन्दुक आक्रमण भएको छ । यी घटनामा संलग्न व्यक्तिहरु प्रायः २१ वर्षको हाराहारीका रहेका छन् । सन् २०१९ मा मात्र भिडभाड स्थलमा भएका आक्रमणबाट ९६ जनाको ज्यान गइसकेको छ ।

 

एक साताभित्रै अमेरिकामा भएको यो दोस्रो गोलीकान्ड हो । यसै साता गिलरोए गार्लिक मेलामा एक १९ वर्षीय युवाले जथाभावी गोली चलाउँदा तीन जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए ।

रासस\ एपी एएफपी

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result