Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिका र तालिबानबीच दोहामा वार्ता

साउन १९, २०७६ १:४९ मा प्रकाशित
Share on FacebookShare on Twitter

 

दोहा, १९ साउन  – संयुक्त राज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच आइतबार कतारको दोहामा वार्ता हुँदैछ । अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनादेखि अमेरिका र तालिबान समूहबीच वार्ता जारी छ ।

 

अमेरिकी फौजले सन् २००१ मा अफगानिस्तानको तालिबान सरकार पदच्यूत गरेयता अफगानिस्तानमा भिषण युद्ध भइरहेको छ । शान्ति सम्झौता पश्चात् अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्नो फौज फिर्ता लैजाने तयारी गरिरहेको छ ।

 

अमेरिकाले तालिबान समूहले आतंकवादी संगठन अल–कायदा त्याग्नु पर्ने तथा इस्लामिक स्टेटजस्ता आतंकवादी संगठनका सदस्यहरुका लागि तालिबानले संरक्षण गर्न नहुने पूर्वशर्त राखेको छ ।

 

अमेरिका र तालिबानबीच शनिबार शुरु भएको यो आठौं चरणको वार्ता हो । अमेरिकी र तालिबानी स्रोतले यस पटकको वार्ता शनिबार र आइतबार बस्ने जनाएको छ ।

 

तालिबानी एक स्रोतले अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद र तालिबानका सहसंस्थापक मुल्लाह बरादरबीच प्रत्यक्ष भेटवार्ता गराउने तयारी भइरहेको बताएको छ । बरादरले तालिबानको राजनीतिक फाँटको नेतृत्व गरिरहनुभएको छ ।

 

अमेरिकामा सन् २००० मा भएको आक्रमणको मुख्य दोषी अल–कायदाको सञ्जाललाई पक्षपोषण र मद्दत गरेको आरोपमा अमेरिकाले अफगानिस्तानको तालिबान सरकारलाई सैनिक बलमा पदच्यूत गरेको थियो । अमेरिकाको ट्वीन टाबरमा अल–कायदाका लडाकूहरुले विमान अपहरण गरी गरेको आक्रमणमा झण्डै तीन हजारको ज्यान गएको थियो ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै वार्तामा धेरै प्रगति भएको र वार्ता अझै जारी रहेको बताउनु भएको छ ।

 

अमेरिकी विशेषदूत खलिलजादले पनि शुक्रबार नै ट्वीट गरी तालिबानी समूहसँग शान्ति सम्झौताका लागि प्रयास भइरहेको बताउनुभएको छ । उहाँले तालिबानसँग तत्कालै अमेरिकी सेना फर्कने बारेमा सम्झौता नहुने पनि स्पष्ट गर्नुभयो । तर शान्ति सम्झौता पश्चात् अमेरिकी सेना फर्कन थाल्ने उहाँले बताउनुभयो ।

 

दोहा वार्ता शुरु हुनुअघि विशेषदूत खलिलजादले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग इस्लामाबादमा भेट गरी छलफल गर्नुभएको थियो ।अर्कोतर्फ तालिबानसँग वार्ताका लागि अफगान सरकारले पनि अलग्गै वार्ता टोली गठन गरेको छ ।

 

अमेरिकी अखबार वासिङ्टन पोष्टका अनुसार अमेरिका र तालिबानबीच अफगानिस्तानमा तैनाथ अमेरिकी फौजको संख्या तत्कालै १४ हजारबाट घटाएर ८ हजार बनाइने तयारी भएको छ । यसको बदलामा तालिबानले अल–कायदा संगठनसँगको आबद्धता त्याग्ने, युद्धबिराम गर्ने र अफगान सरकारसँग वार्ता थालनी गर्नेछ ।
(रासस-एएफपी)

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result