Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

इरान माथि अमेरिकी आर्थिक नाकाबन्दी

साउन २२, २०७५ ३:५७ मा प्रकाशित
इरान माथि अमेरिकी आर्थिक नाकाबन्दी
Share on FacebookShare on Twitter

अमेरिका, अगष्ट ७, २०१८

संयुक्त राज्य अमेरिकाले इरान माथि फेरि आर्थिक प्रतिबन्ध लगाएको छ। राष्ट्रपति ट्रम्पले जारी गरेका नयाँ कार्यकारी आदेशानुसार आज मंगलबार बिहान १ बजेबाट इरान माथि लगाएको प्रतिबन्ध लागू भैसकेको छ। राष्ट्रपति ओवामाको कार्यकालमा अमेरिका लगाएतका सुरक्षा परिषदका अन्य शक्ति राष्ट्रहरुले हस्ताक्षर गरेर २०१५ मा इरान सम्झौता भएको थियो। सो सम्झौता अनुसार इरान माथि लगाइएका आर्थिक नाकाबन्दी हटाइएको थियो भने इरानले आफ्नो आणविक कार्यक्रम निस्तेज पार्ने सहमति भएको थियो। गत मे मा राष्ट्रपति ट्रम्पले सो सम्झौताबाट पछि हटाने घोषणा गरेपछि सम्झौता अलपत्र पर्ने स्थिति पैदा भएको थियो। आगामी नोभेम्वरबाट इरानको तेल निर्यातमा समेत असर पर्ने गरी अमेरिकी नाकाबन्दी जारी भएको छ। आज बिहान ट्वीटर मार्फत एक सन्देश दिंदै राष्ट्रपति ट्रम्पले इरान माथि अहिलेसम्मकै सबभन्दा कडा प्रतिबन्ध लगाइएकोले इरानसंग व्यापार गर्नेहरुले अमेरिकासंग व्यापार गर्न नसक्ने बताएका छन्। उनको यो घोषणाले इरानसंग व्यापारको निरन्तरता चाहने कतिपय अमेरिकी व्यापार साझेदारहरुलाई निकै असजिलो हुने निश्चित छ। अब इरानले अमेरिकी डलर खरीद गर्न पाउने छैन जसले गर्दा उसलाई अन्तराष्ट्रिय व्यापार गर्न ज्यादै मुस्किल हुने पक्का छ। 

अमेरिकी नाकाबन्दीको बिपक्षमा रहेको यूरोपियन यूनियन, रसिया तथा चीनले ताजा अमेरिकी प्रतिबन्धको बिरोध गरेकाछन्। यसैबीच यूरोपियन यूनियनले इरानसंगको बैधानिक व्यापारको पक्षमा उभिने बताएको छ। नयाँ प्रतिबन्ध विश्व शान्तिका पक्षमा भएको बताएका अमेरिकी राष्ट्रपति ट्रम्प ओवामा प्रशासनको सबै कामहरुलाई उल्ट्याउने अभियानमा निरन्तर छन् र त्यसैको अर्को एउटा पटाक्षेप हो नयाँ अमेरिकी घोषणा। 

इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकी नाकाबन्दीको बिरोध गरेकाछन् र भनेका छन्- “अमेरिका इरानसंग मनोवैज्ञानिक युद्ध चाहन्छ र उसले इरानी जनताहरुलाई बिभाजन गर्न खोज्दै छ।” 

यी सबै तनावहरुकाबीच अन्तराष्ट्रिय समुदायलाई वार्ता र समझदारीबाट अघि बढ्न अमेरिका र इरान दुबैलाई अनुरोध गरिरहेका छन् ।

तस्वीर: रोयटर्स

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result