अमेरिका, अगस्त ७ । आइसिइले मिसिसिपी राज्यको मोरोनवाट ६ सय ८० कागजपत्रविहित आप्रवासीलाई पक्राउ गरेको छ ।
आइसिइ निर्देशक माथ्यू आल्वेनेका अनुसार एउटै राज्यमा यति धेरै संख्यामा पक्राउ परेको पहिलो चोटी हो । यसका लागि आइसिइले करिव एक महिनाको योजना वनाएको पनि म्यथ्यूले वताए ।
मिसिसिपिको कान्टोन र सेवेस्तापुल लगायतका स्थानमा सोमवार देखि नै आइसिइका केही एजेन्ट देखा परेपनि बुधवार एकै पटक झण्डै ६ सय एजेन्टलाई परिचालन गरेको आइसिइले जनाएको छ ।
आइसिइले विशेषत वे स्प्रिङ कार्थहेज, केनोनलगायतका ग्रामिण भेगहरुमा छापा मारेको थियो । पक्राउ पर्ने अधिकांस दक्षिण अमेरिकी नागरिक रहेका छन । उनीहरु वायर हाउस र कृषिजन्य कामहरुमा संलग्न थिए ।
फोटो : गुगल








प्रतिक्रिया लेख्नुहोस्:-