Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बिहे को सँग गर्ने ?

साउन २३, २०७७ ३:३२ मा प्रकाशित
न्यूयोर्कसँगको मेरो प्रेम
Share on FacebookShare on Twitter

तारा भट्टराई

दूरबिन नेपाल
न्युयोर्कका मेयर बिल डे ब्लाजियोले गत महिना ब्ल्याक लाईफ म्याटरको आन्दोलनमा श्रीमती र छोराछोरीका साथ उपस्थित भै समर्थन जनाएको समाचार टेलिभिजनमा हेरेपछि मलाई उनको बैवाहिक र पारिवारिक जिवनको बारेमा जिज्ञासा उठ्यो । यत्रो न्युयोर्क जस्तो बिशाल शहरका नौ मिलियन मानिसहरुलाई २४ सै घण्टा मानवीय सेवा सुबिधा उपलब्ध गराएर चलाउने व्यक्तिको पारिवारिक जिवनको बारेमा थप जान्न मन लागेपछि पुराना न्युयोर्क बासीहरुसँग चासो राखें । न्युयोर्कको मानहाटनमा जन्मेका ६ फुट ५ इन्च अग्ला ५९ बर्षे मेयर ब्लाजिओकी श्रीमती चिरलेन मक्रे हुन उनी ६५ बर्षकी हुन् । उनी ५ फुट ३ इन्च अग्ली छिन् । एक त उनी अफ्रिकन अमेरिकन हुन् भने अर्काे मेयर ब्लाजियो भन्दा ६ बर्षले जेठीपनि छिन । मेयर ब्लाजियो भन्दा १ फिट २ ईन्च होची उनलाई आफ्नो श्रीमानले अँगालो हाल्दा निहुरिनु पर्छ भने उनले आधा शरिरमामात्रै ढाकेको देखिन्छ । हामी दर्शकहरुले झट्ट हेर्दा यो जोडीको अँगालो एकदमै न्यानो र गहिरो माया प्रितीले भरिपुर्ण जस्तो देखिएपनि न्युयोर्कबासीहरुले असाध्यै धेरै खोट लगाउदा रहेछन् । कसैले यो अफ्रिकन अमेरिकनहरुको भोट तान्न यस्तो पोलिटिकल विवाह रचिएको हो भने, कतिपयले ब्लाजिओ त नाम मात्रैका हुन, न्युयोर्कको मेयर चलाउने त उनकी श्रीमती नै हुन भने त कतिपयले यस्तै अलिक नमिल्दा र नसुहाउदा खाल्का टिक्का टिप्पणीहरु गरे । भित्री कुरा के हो कस्लाई थाहा र ? बाहिर स्टेजमा body language, हाउभाउ, हेराई हेर्दा एक अर्कामा चुम्बकीय आकर्षणले भरिएका अति मिलनसार र एक अर्काप्रति समर्पित जस्तो देखिन्छन् । अरुले उमेर, उचाई, रंग नमिलेको भनेपनि उनीहरुले बैवाहिक जिवन बिताएको लगभग तीन दशक हुनै लागिसकेको रहेछ र एक छोरा र छोरी समेत छन् ।

 

ब्लाजियोसंग श्रीमती मक्रे सन् १९९४ मा न्युयोर्क सिटी हलमा भेट हुँदा पुर्व मेयर डेभिडको speech writer थिइन भने ब्लाजियो मेयरको कम्युनिटी अफियर्स सम्बन्धी सहयोगी थिए । उनीहरुको भेटघाट हुँदासम्म उनी लेजबियन थिईन र धेरै महिलाहरुसँग लामो सम्बन्धहरु राखिसकेकी थिइन । उनले १९७९ मा भ्कEssence भन्ने magazine मा“I am a Lesbian” भन्ने शिर्षकमा लेख समेत लेखेकी थिईन् । उनी लेखक, संपादक, कवि पनि हुन् । उनले १९७९ मा लेखेको आर्टिकलको स्क्यान कपीको लिंक यहां छ ।

"I am a Lesbian" by, Chirlane McCray — Essence Magazine (September 1979)

न्युयोर्कका मेयर त एउटा उदाहरण मात्रै हुन् । संसारमा राजनीतिपछि सायद सबैभन्दा मान्छेहरुले बढी टिक्का टिप्पणी वा गफ गरिने बिषय भनेको कस्ले कोसँग बिहे गर्याे अथवा अर्काको जोडीको बिषयलाई लिएरै हो । मानिसहरुले अगाडी कति राम्रो मिलेको जोडी भनेर प्रशंसा गरेपनि पछाडि सयौ खोट निकालेर टिक्का टिप्पणी गरिरहेकै हुन्छन । बाहिरबाट हेरेर झट्ट निकाल्ने खोट भनेको उचाई, रंग, उमेर नै हुन् । अरु कुराहरु त संगतबाट थाहा पाईने भएकोले तुरुन्त कमेण्ट गर्न गाह्रै हुन्छ । पहिला सोसियल मिडिया नआउन्जेल त गाउंघर ईष्टमित्र वा देखभेट भएका मानिसहरुको मात्रै टिक्का टिप्पणी हुन्थ्यो । अचेल सोसियल मीडियामा प्रायः सबैका जोडीहरु देख्न पाईन्छ । फेसबुकमा दैनिक २५० मिलियन जोडीहरुले लाईक र कमेण्ट पाउने आशामा आफ्नो जोडीसँगको फोटो अपलोड गर्ने गरेका छन् । लेजबिन जोडीका मात्रै दैनीक २०० बढी फोटो पोष्ट हुन्छन । झनै बैवाहिक बर्ष गाँठको शुभकामना साटासाट गर्ने दिन त कहिल्यै बोलचाल नगर्ने र एकले अर्काको अस्तित्व स्वीकार नगर्ने जोडीहरुले पनि सोसियल मीडियामा राम्रा फोटा र शब्दहरु खÞर्चेर एक अर्कालाई तारिफÞ गरेर पोष्ट गरिरहेका हुन्छन् ।

आखिर जोडी किन बाँधिन्छन्, कहिले, कसरी र कहाँ भन्ने कुरा मेरो चासोको बिषय भएन । तर को सँग भन्ने कुराचाहि असाध्यै महत्वपूर्ण हुँदो रहेछ । विवाह भएको बेलामा नयाँ दुलाहा दुलहीहरु प्रेममा चुर्लुम्म डुबेको जस्तो देखिएपनि समय बित्दै जाँदा मनमुटाव बढेर दुःखी हुने गर्छन । धेरै जसो जोडीहरुले बिवाह एउटा सम्बन्धको रुपमा मात्र लिने गर्छन् भने दम्पतिहरु एक–आपसमा कुराकानी नै गर्दैनन् । उनीहरु बिचमा विश्वास, एक–अर्काप्रतिको सम्मान, माया, प्रेम जागृत नै नभएर जÞबरजस्ती सम्बन्धहरुलाई अगाडी बढाईरहेका हुन्छन् । यसरी भावनात्मक तालमेल नभएपछि वैवाहिक जिवन दिक्क लाग्दो र निराशापूर्ण हुन्छ । अमेरिकामा झण्डै ६२ प्रतिशत मानिसहरु बिवाहित छन् भने जसमध्ये २६ प्रतिशत मात्रै आफ्नो बैवाहिक जिवनबाट पूर्णरुपमा खुशी रहेको बताएका छन् । कतिपय कानुनी अधिकारको फाईदा उठाउनका लागी बिवाह गर्छन भने कतिपय आर्थिक स्थिरताको लागी त कति भाडा तिर्न नसकेको कारणले गर्छन । कतिपय बच्चा जन्माउनका लागि विवाह गर्छन् त कतिपय एक्लो भएर कम्पनिको लागी गर्ने गर्छन । कारण जे भएपनि अमेरिकामा मानिसहरु फेरि अर्काे बिवाह र डिभोर्सको बारेमा दिमागको एउटा कुनामा सोचि नै रहेका हुन्छन् । हुनपनि यहाँ कोहि सुन्दरताको पछि लागिरहेका हुन्छन् त कोहि पावर र पैसामा आफ्नो ईज्जत खोजिरहेका हुन्छन् । धनि र घरानीयाँहरु गरिबसँग नाता जोड्न चाहँदैनन । छाला राम्रो हुनेहरु नराम्रासँग नाता जोड्दैनन ।

अमेरिका जहाँ महिला र पुरुषको अधिकार बराबरी नै छ र महिलाको हकमा कानुनहरु बलिया छन् । यहाँ आफै कमाउने खाने, बाँच्ने र रमाउने वातावरण हुँदा पनि धेरैजसोले जÞबरजस्ती विवाहको संझौता गरिरहेका हुँदा रहेछन् ।
टेक्सस विश्वविद्यालयका मनोविज्ञान विषयका प्राध्यापक David M. Bus को Why Women Have Sex भन्ने किताबमा लेखे अनुसार ८४ प्रतिशत महिलाले आफ्नो वैवाहिक जिवनलाई टिकाउन र घरपरिवारमा शान्ति कायम राख्नका लागि श्रीमानसँग सम्भोग गर्ने गरेको बताएका थिए भने कतिपयले पुरुषप्रति दया जागेर आएका कारण सम्भोगमा सहभागी भैदिएको कुरा बताएका थिए । केहिले भने पुरुषबाट आर्थिक वा कुनै लाभ लिएबापत चुक्ता गर्न बदलामा खुशी पार्नका लागी सम्भोग गरेको बताएका थिए ।
अभिव्यक्ति गर्ने नगर्ने भन्ने कुरा बेग्लै हो । यदि सम्बन्धहरु सबै लेनदेन र करकापमै चलिरहेकाछन् भने खै कहाँ छ त प्रेम, आनन्द, इच्छा र चाहाना ? विवाहको मान्यता र महत्व हरेक ब्यक्ति पिच्छे फरक फरक हुन्छ । हामिकहाँ कसैसँग प्रेम गरेपछि विवाह नै गर्नु पर्छ भन्नेमान्यता छ तर अमेरिकी समाजमा विवाह गर्नै पर्छ भन्ने पनि छैन । किनकी यहाँ सात प्रतिशतभन्दा धेरै मानिसहरु लिभइन रिलेसनमा छन् ।

पूर्वीय हिन्दु दर्शनमा विवाहलाई १६ वटा संस्कारमध्ये एक महत्वपूर्ण संस्कार मानिएको छ । निश्चित उमेर पुगेपछि परिवारका सबै सदस्यहरु लागेर विवाह सम्पन्न गराउँछन । पहिला पहिला चिना टिप्पन हेराएर शुक्र, चन्द्रमा र बृहस्पति ग्रहहरु उचो र निचो मिलेपछि बिवाह गराईदिने चलन थियो । तर अहिले मानिसहरु स्कुल, कलेज वा बिभिन्न पेशा ब्यवसायका लागि लामो समय घर बाहिर रहने भएकोले उतै भेटिएका मध्ये कोहि एकजनासँग बिहे गर्छ्न । सोसियल मीडियाबाट पनि धेरैले आफ्नो जोडी छान्ने गर्छन । पछिल्लो समय ब्यवसायिक रुपमा संसारभर सयौं म्याच मेकिंग कम्पनीहरु खुलेका छन । निबेदन दिएका सम्भावित मिल्ने जोडीहरुसँग वर्कशप गराएर मनोबिज्ञान र पृष्ठभूमि पत्ता लगाई कस्को जोडी कोसँग मिल्छ भनेर बताई दिन्छन र त्यसपछि सम्बाद अगाडी बढाउने चाँजोपाँजो मिलाईदिन्छन् । जति बढी जनसँख्या भएको शहर छ उति नै बढी म्याच मेकिंग कम्पनि र डेटिंग साईटहरु पनि फस्टाउंदै गएका छन् ।
केहि मानिसहरु त सम्बन्धमा खुशी नै भएर बसेका हुन्छन् । एक त मानिसहरु आफुले के खोजेको हो भन्ने कुरामा प्रष्टनै हुँदैनन् भने ठ्याक्कै आफुले खोजे जस्तो सर्वगुण सम्पन्न ब्यक्ति पाउन पनि पाउदैनन् । यस्तै किचलो र बेमेल मै जिन्दगी बितिरहेको हुन्छ । जिन्दगी जिउने भन्दापनि कटाउने तर्फ लाग्छन । किनकी आर्थिक, सामाजिक, संस्कृतिक जस्ता बिभिन्न कारणहरुले जोडेको सम्बन्ध तोड्न त्यति सजिलो पनि छैन ।
बैवाहिक जिवन कसरी खुशी राख्ने भन्ने बिषयमा त धेरैले सल्लाह सुझाव देलान । तर त्यो सम्झौताको कुरा हो । यो सम्झौतामा पुग्नु अगाडी नै एकले अर्काे राम्रोसँग जान्न र बुझ्न आवश्यक छ । सबैभन्दा पहिला त आफुले के चाहेको हो भन्ने प्रष्ट हुन जरुरी छ । आफ्नो सम्भावित उम्मेदवारको ईच्छाहरु के के हन ? मन पर्ने र नपर्ने कुराहरु के के हुन् ? कत्तिको विश्वासीलो र भरपर्दाे बानी ब्यवहार छ ? आफ्नो र सम्भावित उम्मेदवारको ईच्छाहरु कति समान र मिल्दाजुल्दा छन ? अरु मानिसहरुलाई हेर्ने दृष्टिकोण कस्तो छ ? यो सबै कुरा पहिले नै थाहा पाएर अगाडी बढ्यो भने सायद सम्बन्ध आदर्श होला । नत्र एउटा सम्बन्धले जिन्दगी निरस र फिका हुन जान्छ ।

फोटोः एजेन्सी

लेखक अमेरिकाको न्युयोर्कमा स्वास्थ्यकर्मी हुनुहुन्छ

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result