काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी गरेका छन्। उनले सोमबार रौतहटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सबै जना मिलेर एमालेको सरकार बन्ने बताए।
‘एमालेको सरकार बन्छ। हामी सबै लागे किन बन्दैन एमालेको सरकार ? उनले प्रश्न गर्दै भने, ‘एमालेको सरकार नहुँदा तपाइँहरुलाई थाहै छ, यहाँका सयौं योजनाका काटिएका छन्। शिक्षा, खानेपानी, बाटोघाटोलगायत अनेकन योजनाहरु काटिएका छन्।’ उनले देशलाई बर्बादीबाट बचाउनका लागि एमालेको सरकार बन्नुपर्ने बताए।
उनले आउँदो चुनावमा गठबन्धन भनिने दलहरुलाई पराजित गर्नुपर्ने बताए। ‘भ्रष्टाचारमा लिप्त, खान पल्केको, सत्ता नभइ नहुने ती दलहरुलाई पराजित गर्नुपर्छ,’ उनले भने।
उनले अरु पार्टीका नाडी र सास चलेसम्म एमालेले पार्टी प्रवेश कार्यक्रम निरन्तर राख्ने बताए।
प्रतिक्रिया लेख्नुहोस्:-