दूरबिन नेपाल, अगष्ट ९
अमेरिका । टेक्सस र ओहायोमा नरसंहार भएको एक हप्ता नबित्दै मिजौरीको स्प्रीङफिल्डस्थित वालमार्टमा कम्ब्याट ड्रेस र हतियार सहित एक संदिग्ध व्यक्ति पक्राउ परेका 
प्रहरीले शुक्रवार ती व्यक्तिलाई सार्वजनिक गर्दै उनी २० बर्षीय दिमित्री आंद्रेइचेको भएको बताएको छ । आन्द्रेइचोबाट एक अर्को बन्दुक र सय राउण्ड गोलीपनि बरामद गरेको छ । उनलाई स्थानीय ग्रिन काउन्टी जेलमा राखिएको छ । स्प्रिङफिल्डका लेफ्टीनेन्ट माइक लुकासले संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिंदा कोहीपनि घाइते नभएको तथा भय र आतंक श्रृजना गर्न सो कदम चालेको आशंका गरेका छन ।
अर्को तर्फ वालमार्टले एक वक्तव्य जारी गर्दै सम्भावित दुर्घटना रोक्न सुरक्षा अधिकारीहरुले चालेको कदमको प्रशंसा गरेको छ । प्रहरीले संदिग्ध व्यक्तिको बारेमा अनुसन्धान जारीरहेकोले थप विवरण पछिमात्र दिने जनाएको छ । केहि दिनअघि टेक्सस र ओहायोमा भएको नरसंहारमा तीस जना भन्दा धेरै व्यक्तिको ज्यान गएको थियो ।
तस्बिर: गुगल







प्रतिक्रिया लेख्नुहोस्:-