दूरबिन नेपाल, न्युयोर्क
घ्यालसुम्दो सेवा संस्था न्यूयोर्कले आफना बांकी रहेका पदहरुमा मनोनयन गरेको छ । पछिल्लो समय पदपूर्तीमा महासचिवमा छोन्जोम लामा, कोषाध्यक्षमा थुप्तेन सोपा र सेन्टुन लामा परेका छन । समाजको बुधबार बसेको कार्य समितिको बैठकले रिक्त रहेका तीन वटा पदपूर्ती गरेको हो । नबनियुक्त महासचिब छोन्जोम लामा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) केन्द्रीय कार्यसमिति न्यूयोर्कका कोषाध्यक्ष पनि हुन् ।
अध्यक्षमा निमा ल्हमो, उपाध्यक्षमा गराब दोर्जे र सदस्यहरुमा निमा छिरिङ घले, शेराव हिराचन र कृष्ण गुरूङ निर्वाचित भएका थिए भने सल्लाहकारहरुमा पासाङ लामा, बुद्धि गुरुङ, मोहन पुनेल र कार्साङ लामा निर्वाचित भएका थिए । बुधबारको बैठकले बाँकी रहेका रिक्त पदहरुमा मनोनयन गरिएको संस्थाका निवर्तमान अध्यक्ष छिरिङ राप्के लामाले बताए ।
घ्याल सुम्दो सेवा संस्था अमेरिकामा १६ वर्षअघि स्थापना भएको सामाजिक संस्था हो । यसले स्थापना कालदेखि नै सामाजिक काम गर्दै आएको छ । स्थापना कालदेखि नै यो संस्थाले नेपाल र अमेरिकामा रहेका नेपाली र अन्यका लागि पनि सहयोग गर्दै आएको अध्यक्ष निमा ल्हमोले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-