काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय निरूपणका विषयमा भएको सहमति ऐतिहासिक उपलब्धि भएको जिकिर गरेका छन् ।
उनले बुधबार प्रतिनिधि सभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलका क्रममा यस्तो बताएका हुन् ।
शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्न गर्नका लागि भएको सहमतिले जटिल कामलाई नेपाली राजनीतिक दलहरू आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न सफल भएको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-