अमेरिका, अगष्ट १४ । फिलाडेल्फिायामा बन्दुकधारी र प्रहरीविचको भिडन्त अझै जारी रहेको छ । प्रहरीले अझैपनि आक्रमणकारीलाई नियन्त्रणमा लिन सकेको छैन ।
भवन भित्रबाट चारजना महिलालाई उद्धार गरेको प्रहरीमाथी बन्दुकधारीले फेरी गोली चलाउंदा उनीहरु झ्यालको ढोकाले छेकिएर बचेका थिए । बन्दुकधारीमाथी पनि गोली चलाउनु परेको फिलाडेल्फियाका प्रहरी आयुक्त रिचर्ड रासले संचारकर्मीहरुसंग बताएका छन ।
प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको बताइएको छ तर मृतक आक्रमणकारी हो वा अन्य, खुल्न सकेको छैन । प्रहरीले आक्रमणकारीसंग सम्पर्कको प्रयास गरेपनि सो सफल हुन सकेको छैन । प्रहरीले बन्दुकधारीलाई फोन गर्दा फोन उठाएपनि कुरा नगरेको प्रहरीले जनाएको छ । ती आक्रमणकारीले प्रहरीहरुमाथी गोली चलाउंदा ६ प्रहरी घाइते भएका थिए ।
घाइतेको नजिकैको टेम्पल हस्पिटलमा उपचार भइरहेको छ । स्यानडोपका मेयर जीम केनेले घाइते प्रहरीलाई भेटेर सम्बाददाताहरुसंग भनेका छन “ घाइतेमध्ये एक जनाको टाउकोमा गोली लागेको थियो तर उनी खतरामुक्त भइसकेका छन” ।
हस्पिटलले पनि ट्वीट गर्दै घाइतेहरु खतरामुक्त रहेको बताएको छ । घटना टेम्पल विश्वविद्यालयभन्दा दुई माइल टाढा रहेको छ । सांझ पाँच बजेतीर भएको घटनामा अझैपनि बन्दुककधारी नियन्त्रणमा आउन सकेका छैनन । घटनाबारे राष्ट्रपति डोनल्ड ट्रम्पलाई जानकारी गराइसकिएको बताइएको छ ।
दुई दिनअघिमात्र क्यालिफोर्नियामा एक प्रहरी अधिकारी बन्दुकधारीको गोली प्रहारबाट मारिएका थिए । भने अन्य दुई जना घाइते भएका थिए ।








प्रतिक्रिया लेख्नुहोस्:-