काठमाडौं । नेपाली कांग्रेसका नेता. डा शेखर कोइरालाले पार्टीको आगामी पन्ध्रौं महाधिवशेनमा आफू सभापतिमा उठ्ने धोषणा गरेका छन् ।
संस्थापनइतर समुहका नेता समेत रहेका उनले बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा अघिल्लो महाअधिवेशनमा पराजित निकटतम् प्रतिद्वन्द्वी भएका कारण अब सभापतिमा स्वतः दाबी रहने बताए ।
उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा रहेको बताउँदै उम्मेदवारीलाई अन्यथा लिन नहुने जिकिर गरे । कोइरालाले मुलुकलाई स्थायित्व दिन ठूला दलबीच समीकरण बनेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए।
प्रतिक्रिया लेख्नुहोस्:-