अमेरिका, अगष्ट १६ । आइसिइले वेष्ट भर्जीनियास्थित मोर्गन टाउन सिटिमा छापा मार्ने तयारी गरिरहेको जनाएको छ ।
मोर्गन टाउन सिटिका प्रवत्ता एन्ड्रिउ स्टेसीका अनुसार छापा अभियान सम्वन्धमा आइसिइले सिटिका प्रहरीलाई सूचना जारि गरिसकेको छ ।
यद्यपि आइसिइले छापा मार्ने मिति भने उल्लेख गरेको छैन । यस सम्वन्धमा आइसिइले पनि केही वताएको छैन । पछिल्लो समय आइसिइका अधिकारीहरुले शहर भन्दा ग्रामिण भेगहरुमा छापा मार्दै पक्राउ अभियानलाई तिव्र वनाउने रणनीति बनाएको देखिन्छ ।







प्रतिक्रिया लेख्नुहोस्:-