काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सञ्चार माध्यामहरूले सही सूचना नदिँदा आफूलाई अभिव्यक्ति दिँदा पनि डर लाग्ने गरेको गुनासो गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो गुनासो गरेका हुन् ।
उनले १० मिनेट बोलेको दर्शकसम्म पुग्दा १० सेकेन्डको मात्रै हुने हुँदा त्यसले आफ्नो भनाइको भाव बोक्न नसक्ने उल्लेख गरे।
सामाजिक सञ्जालले पनि एकअर्कामा पीडा थप्ने काम गरिरहेको उनको भनाइ थियो। उनले राजनीतिकभन्दा फरक विषयको खोजी गर्न सके सञ्चार माध्यामहरूको बजार थप हुने सम्भावना पनि औँल्याए।
प्रतिक्रिया लेख्नुहोस्:-