काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र भनेको जनताको शासन भएको बताएका छन्। उनले आइतबार नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले स्वतन्त्रता भनेको छाडापन नभएको बताए। ओलीले भने,‘स्वतन्त्रताको हक भनेको बेलगमा र छाडा हुनु होइन, लोकतन्त्र भनेको छाडातन्त्र होइन।’
कसैको सनकका भरमा शासन सञ्चालन नहुने उनको भनाई छ। ‘लोकतन्त्र एउटा अनुशासित समाज हो’, उनले भने,‘सामाजिक प्रबन्ध मानेर नै समाज चल्ने हो, संविधान, कानुन मानेर नै समाज चल्छ।’
प्रतिक्रिया लेख्नुहोस्:-